काठमाडौं। नेपाल प्रज्ञा-प्रतिष्ठानले पूर्वप्रकाशित तर बजारमा उपलब्ध नरहेका करीब तीन दर्जन महत्वपूर्ण ग्रन्थको पुनः प्रकाशन शुरु गरेको छ। 

नेपाली वाङ्मयका विभिन्न विधाको खोज-अन्वेषण, गोष्ठी-सेमिनार तथा प्रकाशनलगायत कार्यमार्फत मुलुकको समग्र वाङ्मयको सर्वाङ्गीण विकासको जिम्मेवारी पाएको प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्रसँग सम्बन्धित विभिन्न विशेष महत्त्वका ग्रन्थको पुनः प्रकाशन थालेको हो।

प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले ‘नेपाल निरूपण’, ‘नेपाल माहात्म्य’, ‘नेपालमा बौद्ध धर्म’, ‘नेपाली निघण्टु, भरतमुनिको नाट्यशास्त्र’, ‘अमरकोश’, ‘विश्वसाहित्यको रूपरेखा’, ‘आइए रिचर्ड्सको साहित्यिक सिद्धान्त’, ‘एरिस्टोटल र उनको काव्यशास्त्र’, ‘कौटलीय अर्थशास्त्र’, ‘जर्ज लुकासको साहित्य सिद्धान्त’, ‘नेपाली साहित्यको इतिहास’, ‘नेपाली साहित्यकोश’, ‘पाश्चात्य काव्यसिद्धान्त’, ‘पूर्वीय काव्यसिद्धान्त’, ‘वाल्मीकि रामायण’ लगायत उपयोगी र ऐतिहासिक महत्वका पुराना ग्रन्थ (पुस्तक) को मुद्रण भइरहेको जानकारी दिए। 

उनले विगतमा विद्तवृत्ति र शोधवृत्तिअन्तर्गत लेखाइएका कतिपय महत्वपूर्ण पुस्तक आफूखुशी निजी प्रकाशनगृहबाट छाप्ने कार्यसमेत देखिएकाले त्यसलाई नियन्त्रण गरी प्रतिष्ठानले नै पुनः प्रकाशान गर्न थालेको बताए। रासस

" /> काठमाडौं। नेपाल प्रज्ञा-प्रतिष्ठानले पूर्वप्रकाशित तर बजारमा उपलब्ध नरहेका करीब तीन दर्जन महत्वपूर्ण ग्रन्थको पुनः प्रकाशन शुरु गरेको छ। 

नेपाली वाङ्मयका विभिन्न विधाको खोज-अन्वेषण, गोष्ठी-सेमिनार तथा प्रकाशनलगायत कार्यमार्फत मुलुकको समग्र वाङ्मयको सर्वाङ्गीण विकासको जिम्मेवारी पाएको प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्रसँग सम्बन्धित विभिन्न विशेष महत्त्वका ग्रन्थको पुनः प्रकाशन थालेको हो।

प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले ‘नेपाल निरूपण’, ‘नेपाल माहात्म्य’, ‘नेपालमा बौद्ध धर्म’, ‘नेपाली निघण्टु, भरतमुनिको नाट्यशास्त्र’, ‘अमरकोश’, ‘विश्वसाहित्यको रूपरेखा’, ‘आइए रिचर्ड्सको साहित्यिक सिद्धान्त’, ‘एरिस्टोटल र उनको काव्यशास्त्र’, ‘कौटलीय अर्थशास्त्र’, ‘जर्ज लुकासको साहित्य सिद्धान्त’, ‘नेपाली साहित्यको इतिहास’, ‘नेपाली साहित्यकोश’, ‘पाश्चात्य काव्यसिद्धान्त’, ‘पूर्वीय काव्यसिद्धान्त’, ‘वाल्मीकि रामायण’ लगायत उपयोगी र ऐतिहासिक महत्वका पुराना ग्रन्थ (पुस्तक) को मुद्रण भइरहेको जानकारी दिए। 

उनले विगतमा विद्तवृत्ति र शोधवृत्तिअन्तर्गत लेखाइएका कतिपय महत्वपूर्ण पुस्तक आफूखुशी निजी प्रकाशनगृहबाट छाप्ने कार्यसमेत देखिएकाले त्यसलाई नियन्त्रण गरी प्रतिष्ठानले नै पुनः प्रकाशान गर्न थालेको बताए। रासस

"> प्रज्ञा-प्रतिष्ठानले थाल्यो ऐतिहासिक महत्वका ग्रन्थको पुनः प्रकाशन: Dekhapadhi
प्रज्ञा-प्रतिष्ठानले थाल्यो ऐतिहासिक महत्वका ग्रन्थको पुनः प्रकाशन <p style="text-align: justify;">काठमाडौं। नेपाल प्रज्ञा-प्रतिष्ठानले पूर्वप्रकाशित तर बजारमा उपलब्ध नरहेका करीब तीन दर्जन महत्वपूर्ण ग्रन्थको पुनः प्रकाशन शुरु गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपाली वाङ्मयका विभिन्न विधाको खोज-अन्वेषण, गोष्ठी-सेमिनार तथा प्रकाशनलगायत कार्यमार्फत मुलुकको समग्र वाङ्मयको सर्वाङ्गीण विकासको जिम्मेवारी पाएको प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्रसँग सम्बन्धित विभिन्न विशेष महत्त्वका ग्रन्थको पुनः प्रकाशन थालेको हो।</p> <p style="text-align: justify;">प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले &lsquo;नेपाल निरूपण&rsquo;, &lsquo;नेपाल माहात्म्य&rsquo;, &lsquo;नेपालमा बौद्ध धर्म&rsquo;, &lsquo;नेपाली निघण्टु, भरतमुनिको नाट्यशास्त्र&rsquo;, &lsquo;अमरकोश&rsquo;, &lsquo;विश्वसाहित्यको रूपरेखा&rsquo;, &lsquo;आइए रिचर्ड्सको साहित्यिक सिद्धान्त&rsquo;, &lsquo;एरिस्टोटल र उनको काव्यशास्त्र&rsquo;, &lsquo;कौटलीय अर्थशास्त्र&rsquo;, &lsquo;जर्ज लुकासको साहित्य सिद्धान्त&rsquo;, &lsquo;नेपाली साहित्यको इतिहास&rsquo;, &lsquo;नेपाली साहित्यकोश&rsquo;, &lsquo;पाश्चात्य काव्यसिद्धान्त&rsquo;, &lsquo;पूर्वीय काव्यसिद्धान्त&rsquo;, &lsquo;वाल्मीकि रामायण&rsquo; लगायत उपयोगी र ऐतिहासिक महत्वका पुराना ग्रन्थ (पुस्तक) को मुद्रण भइरहेको जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">उनले विगतमा विद्तवृत्ति र शोधवृत्तिअन्तर्गत लेखाइएका कतिपय महत्वपूर्ण पुस्तक आफूखुशी निजी प्रकाशनगृहबाट छाप्ने कार्यसमेत देखिएकाले त्यसलाई नियन्त्रण गरी प्रतिष्ठानले नै पुनः प्रकाशान गर्न थालेको बताए। रासस</p>
प्रतिक्रिया दिनुहोस्