रुकुमपश्चिम। मुसीकोट नगरपालिकाका कृषकले यस वर्ष पनि निःशुल्क बाली र पशु बीमाको सेवा पाउने भएका छन्।
गत आर्थिक २०७६/०७७ देखि शुरू भएको नि:शुल्क बीमा कार्यक्रम यस वर्ष पनि सञ्चालन हुने भएको छ।
पशु तथा कृषि पेशामा आवद्ध कृषकलाई प्रोत्साहन गर्न संघीय सरकारले बीमाको व्यवस्था गरेको छ। बीमावापतको ७५ प्रतिशत रकम सरकारले र २५ प्रतिशत कृषकले व्यहोर्छन्।
मुसीकोट नगरपालिकाले कृषकले तिर्नुपर्ने २५ प्रतिशत तिरिदिने गरेको छ। सङ्घीय र स्थानीय सरकारले रकम व्यहोरेपछि नगरपालिकाका कृषकले गत वर्षदेखि निःशुल्क पशु र बाली बीमाको सुविधा पाइरहेका छन्।
सो कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको नगर प्रमुख देवीलाल गौतमले बताए। कृषकको आकर्षण राम्रो भएको र व्यावसायिक रुपमा कृषि पेशामा लाग्न मद्दत पुगेकाले निरन्तरता दिइएको उनले बताए।
यस वर्ष नगरपालिकाले पशु र बाली बीमाका लागि दुई/दुई लाख बजेट विनियोजन गरेको छ। गत वर्ष दुई हजार २१४ पशुको बीमा गरिएको थियो । रासस
" /> रुकुमपश्चिम। मुसीकोट नगरपालिकाका कृषकले यस वर्ष पनि निःशुल्क बाली र पशु बीमाको सेवा पाउने भएका छन्।गत आर्थिक २०७६/०७७ देखि शुरू भएको नि:शुल्क बीमा कार्यक्रम यस वर्ष पनि सञ्चालन हुने भएको छ।

">