कर्णाली। कालीकोटको तिलागुफा नगरपालिका-१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ।
आज बिहान गएको पहिरोमा परी तीन घर पुरिएका छन्। पहिरोमा पुरिएर पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले बताए।
“पहिरोबाट १३ वर्षीय बालक अर्जुन हमाल र ३५ वर्षीया पुण्य शाहीलाई जीवितै उद्धार गरिएको छ,” उनले भने, “फोन सम्पर्क नहुँदा पूर्ण विवरण आउन सकेको छैन।”
प्रहरी र एस्काभेटरको प्रयोग गरी अहिले उद्धारको काम भइरहेको छ। घटनास्थल जुम्ला र कालीकोट जिल्लाको सिमाना नजिक कर्णाली राजमार्गको कालीकोट सडक खण्डमा पर्दछ।
जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जीवितै उद्धार गरिएका घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउँदै गरिएको जानकारी दिए। रासस
" /> कर्णाली। कालीकोटको तिलागुफा नगरपालिका-१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ।आज बिहान गएको पहिरोमा परी तीन घर पुरिएका छन्। पहिरोमा पुरिएर पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले बताए।

">