काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम कम नभइसकेकोले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ।
समितिका संयोजक डा. संजीव सापकोटाले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि संक्रमण बढाउने भएकाले त्यस्ता खाले कार्यक्रम कम गर्न र गर्नैपर्ने भए सीमित संख्यामा र सामाजिक दूरी कायम गरेर गर्न आग्रह गरेका छन्।
डा. सापकोटाले कोरोना संक्रमणका क्रममा मनोबल उच्च राख्न समेत भनेका छन्। कोरोना संक्रमणको बढ्दो जोखिमले सर्वसाधारणमा एक प्रकारको मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उनले उच्च मनोबल कायम गरेर सर्तकता अपनाउन भनेका हुन्।
मानसिक तनावबाट सकेसम्म मुक्त हुन, एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीतसंगीत सुन्न र योग तथा ध्यान गर्न उनले आग्रह गरेका छन्।
‘कोभिड-१९’ विरुद्ध भ्याक्सिन आगामी वर्षको पहिलो महिना (जनवरी) भित्र सर्वसाधारणको लागि उपलव्ध हुने अपेक्षा गरिएको बताउँदै उनले सचेत र सावधान रही अघि बढ्न सुझाएका छन्।