गोली हानी आत्महत्या गर्ने सैनिकबारे अनुसन्धान सुरु <p>काठमाडाैं।&nbsp;आज बिहान २:४५ बजे नेपाली सेनाको जंगी अड्डामा कार्यरत एक जवानले गरेको आत्महत्याका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।</p> <p>तनहुँ रानी पोखरी स्थाई ठेगाना भएका एक जवानले आफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका थिए।</p> <p>यो&nbsp;घटनाबारे&nbsp;सम्बन्धमा&nbsp;घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि&nbsp;त्रि.वि.शिक्षण अस्पतालमा पठाईएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पाैडेलले जानकारी दिए।</p> <p>उनका&nbsp;जवानको नजिकको नातेदारलाई जानकारी गराइ सकिएको पनि उनले बताए।</p>
प्रतिक्रिया दिनुहोस्