काठमाडौं। राजनीतिक दलका नेताहरूले निर्वाचनका बखत आफ्ना प्रतिद्वन्द्वीमाथि जतिसक्यो बढी गाली गर्नु आमचलन नै भइसकेको छ। सत्तामा रहेको कोही व्यक्ति निर्वाचन लड्दैछ भने उसले प्रतिस्पर्धीमाथि निकै तल्लो स्तरमा ओर्लिएर शब्दप्रहार गर्छ।
किनभने, अधिकांश सत्तामा बस्नेले जनचाहनाबमोजिम काम गर्न सकिरहेका हुँदैनन्। गाली बढी गर्ने नेताहरूको मनोविज्ञान कस्तो हुन्छ भने, प्रतिस्पर्धीलाई शब्दवाणले ओराल्न सक्यो उति आफ्नो उचाइ बढ्छ। त्यसकारण पनि यस्ता नेता गालीका निम्ति बनेका शब्दको खोजीमा हरदम लागिरहन्छन्।
तुलनात्मकरूपमा सत्ताबाहिर रहेका उम्मेदवारलाई निर्वाचनको नारा तय गर्न सहज हुन्छ। सत्तामा रहनेलाई के कस्ता नयाँ योजना प्रस्तुत गरेर जनमत आफ्नो पक्षमा पार्ने भन्ने कुराले पिरोल्ने गर्छ। प्रतिपक्षी चतुर र विगतमा कम समय वा सत्तामा बस्नै पाएको छैन भने ऊसँग योजना, नारा र घोषणापत्रसमेत बलियो हुने गर्छ।
संसारभर नै सत्तामा रहनेले पदको दुरुपयोग त गर्छन् नै, साथमा निर्वाचनमा राज्यकोषको दोहन समेत हुने गर्छ। विपक्षीको आलोचना गर्न राज्यनियन्त्रित सञ्चारमाध्यम प्रयोग हुन्छन्। सत्ताले गरेका झिनामसिना कामलाई पनि ती सञ्चारमाध्यमले बढाइचढाइ प्रचार गर्न थाल्छन्। यसले दूरदराजमा रहेका जनतामा प्रभाव पर्न थाल्छ।
प्रसंग अबको दुई महिना र केही दिनपछि हुन लागेको अमेरिकाको राष्ट्रपति निर्वाचनको हो। अहिले डोनाल्ड ट्रम्प सत्तामा छन्। उनी महामारी नियन्त्रणका साथै आप्रवासीसम्बन्धी नीति र अन्य कपितय मुलुकसँगको सम्बन्धलाई लिएर आलोचित छन्। उनले कोरोना महामारी नियन्त्रणका विषयमा खासै चासो दिएका छैनन्।
यतिमात्र होइन, ट्रम्प यति हठी र मुडी छन् कि, आफूले गलत नै बोले पनि या खराब काम गरे पनि त्यसलाई सच्याउने, माफी माग्ने गर्दैनन्। अमेरिकाको इतिहासमा उनको नाम सन्की राष्ट्रपतिका रूपमा लेखिने पक्का छ।
उनलाई आगमी निर्वाचन जसरी पनि जित्नु छ। यसका निम्ति उनी जेजस्ता हर्कत वा शब्दवाण प्रयोग गर्न तयार छन्। अमेरिकामा निर्वाचन जतिजति नजिक आइरहेको छ, उतिउति शब्दयुद्ध तीव्र हुन थालेको छ।
राष्ट्रपति ट्रम्प डेमोक्रेटिक पार्टीका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी कमला ह्यारिसमाथि बढी नै आक्रामक बनेका छन्। शुक्रबार न्युह्याम्पसायरमा रिपब्लिकन पार्टीको प्रचारसभामा उनले भने, ‘‘कमला ह्यारिस कुनै पनि उच्च पदमा आसिन हुन लायक छैनन्।’’
उक्त सम्बोधन कार्यक्रममा उनले आफ्नी छोरीको भने उच्च प्रशंसा गरे। उनले ह्वाइट हाउस सल्लाहकार तथा आफ्नी छोरी छोरी इभान्का ट्रम्प उपराष्ट्रपतिको योग्य उम्मेदवार हुन सक्ने दावी गरे।
‘‘म उपराष्ट्रपतिमा महिला राख्न चाहन्छु भन्ने तपाईंहरुलाई थाहै छ, तर ह्यारिसजस्ता अक्षम पात्र होइन,’’ उनले भने। उनले बोलिरहँदा खुब ताली बज्यो र भीडबाट इभान्काको नाम पनि आयो।
ट्रम्पले यसअघि नै डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेको जो बाइडेनमाथि त भन्नुनभन्नु भनिसकेका छन्। यतिसम्म कि बाइडेन राष्ट्रपति भए भने अमेरिकाको अस्तित्व नै संकटमा पर्ने उनको जिकिर थियो।
अमेरिकामा कसले निर्वाचन जित्ला भन्ने अहिले नै अनुमान गर्न कठिन छ। तथापि, कतिपय पोलहरुमा ट्रम्पभन्दा बाइडेन अगाडि देखिएका छन्। प्रतिपक्ष बलियो हुनु देशका लागि फाइदाको कुरो हुन्छ भन्ने तथ्य अमेरिकाले देखाएको छ।
चीनसँगको व्यापार सम्बन्ध होस् या आप्रवासी नीति वा कुनै पनि देशसँग संघर्षकै सवालमा पनि अहिले अमेरिका जुन अवस्थामा उभिएको छ, त्यो त्यहाँको बलियो प्रतिपक्षीकै कारण सम्भव भएको हो।
सत्ताधारी ट्रम्पकै निर्णयका आधारमा मात्रै अमेरिकाका दूरगामी नीति तय हुने हो भने अहिले संसारको अवस्था फरक भैसक्थ्यो। संसदीय लोकतन्त्र मान्ने मुलुकमा कमजोर प्रतिपक्ष भयो भने सत्ता निरंकुश बन्दै जान्छ। कतिपय अवस्थामा जनताले कुनै एउटै दललाई अत्यधिक बहुमत दिँदा अपेक्षाकृत जनहितकारी काम नहुन सक्छ।
" /> काठमाडौं। राजनीतिक दलका नेताहरूले निर्वाचनका बखत आफ्ना प्रतिद्वन्द्वीमाथि जतिसक्यो बढी गाली गर्नु आमचलन नै भइसकेको छ। सत्तामा रहेको कोही व्यक्ति निर्वाचन लड्दैछ भने उसले प्रतिस्पर्धीमाथि निकै तल्लो स्तरमा ओर्लिएर शब्दप्रहार गर्छ।किनभने, अधिकांश सत्तामा बस्नेले जनचाहनाबमोजिम काम गर्न सकिरहेका हुँदैनन्। गाली बढी गर्ने नेताहरूको मनोविज्ञान कस्तो हुन्छ भने, प्रतिस्पर्धीलाई शब्दवाणले ओराल्न सक्यो उति आफ्नो उचाइ बढ्छ। त्यसकारण पनि यस्ता नेता गालीका निम्ति बनेका शब्दको खोजीमा हरदम लागिरहन्छन्।

">