काठमाडौं। मलेसियाका विदेशी पर्यटकलाई प्रवेशका लागि लगाइएको प्रतिवन्ध थप लम्ब्याइएको छ। कोरोना भाइरसको महामारी फैलिएको देशबाट आएका पर्यटकहरुलाई प्रतिबन्ध लगाउने निर्णय भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।
विदेशी पर्यटकलाई लगाइएको प्रतिबन्धको अवधि सन् २०२० को अन्त्यसम्म पुर्याइएको पनि उनीहरुले बताएका छन् । मलेसियाका प्रधानमन्त्री मुहीद्धिन यासिनले एक टेलिभिजनमा सम्वोधन गर्दै विश्वभरि नै कोरोना सङ्क्रमितहरुको संख्या बृद्धि भइरहेकाले अन्तरदेशिय आवतजावतलाई निषेध गरिएको बताए।
उनले आफ्नै देशमा पनि सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढीरहेकाले अन्तरिक सतर्कता पनि उत्तिकै बढाउनु पर्ने आवश्यकतामा जोड दिए।
मलेसियामा अहिलेसम्म कोरोना भाइरसबाट नौ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने १२५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। मलेसियामा प्रायः व्यवसाय र विद्यालयहरू पुनः सुरु भइसकेका छन्। नाइटक्लबहरू र मनोरन्जन केन्द्रहरू बन्द रहनुका साथै अन्तर्राष्ट्रिय खेल कार्यक्रमहरूमा प्रतिबन्ध छ।
रासस
" /> काठमाडौं। मलेसियाका विदेशी पर्यटकलाई प्रवेशका लागि लगाइएको प्रतिवन्ध थप लम्ब्याइएको छ। कोरोना भाइरसको महामारी फैलिएको देशबाट आएका पर्यटकहरुलाई प्रतिबन्ध लगाउने निर्णय भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

">