विभिन्न मुद्दाका चारजना फरार अभियुक्त पक्राउ
काठमाडौं। कैलालीमा ज्यान मार्ने उद्योगका एकजना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २६ वर्षीय बलबहादुर राना रहेका छन्।

इलाका प्रहरी कार्यालय चौमलाबाट खटिएको प्रहरीले उनलाई गौरीगंगा नगरपालिका वडा नम्बर-२ बाट पक्राउ गरेको हो।

उनलाई २०७५ भदौ २१ गते जिल्ला अदालत कैलालीले ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा चार वर्ष ११ महीना २ दिनको कैद सजाय सुनाएको थियो।

यस्तै, जिल्ला अदालत कैलालीको २०७१ पुस ३ गतेको फैसलाले जालसाजी मुद्दामा एक लाख २८ हजार १२५ रूपैयाँ जरिवाना ठहर भई फरार रहेका अभियुक्त जोशीपुर गाउँपालिका-३ बस्ने ४० वर्षीय शिवप्रसाद डगौरालाई प्रहरीले पक्राउ गरेको छ ।

डगौराले जग्गाको कागजातमा सोही ठाउँ बस्ने सुन्दरी दासको किर्ते सही छाप गरी नक्कली कागज तयार गरेर फरार भएका थिए।

इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई आफ्नै घरमा फेला पारी पक्राउ गरेको हो ।

गौरालाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको कैलाली प्रहरीले जनाएको छ।

यसैबीच जिल्ला अदालत कैलालीको २०७१ जेठ २५ गतेको फैसलाले चोरी मुद्दामा एक लाख १७ हजार पाँच रूपैयाँ जरिवाना ठहर भई फरार रहेका दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कैलारी गाउँपालिका-८ बस्ने ३२ वर्षीय पप्पु चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय नरेश चौधरी रहेका छन्।

इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनीहरूलाई आ-आफ्नै घरमा फेला पारी पक्राउ गरेको हो।

पक्राउ परेका दुवैजना कारागार चलान भएका छन्।

प्रतिक्रिया दिनुहोस्