एयर अरेबियाले उद्धार उडानमा लापरबाही गरेको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं। एयर अरेबियाले उद्धार उडानका क्रममा लापरबाही गरेको आरोप लागेपछि छानबिन समिति गठन भएको छ।

संस्कृति, पयएटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो।

एयर अरेबियाले २५ अगस्टमा उद्धार साजाहदेखि काठमाडौंसम्म उद्धार उडान गरेको थियो। उक्त उडानबाट नेपाल आएपछि होटल क्वारेन्टिनका सम्बन्धमा एयरलाईन्सले लापरबाहीका कारण यात्रु समस्यामा परेको भन्दै उजुरी परेको थियो।

सोही उजुरी सम्बोधन गर्न निर्देशक थापाको संयोजकत्व मन्त्रालयले गठन गरेको समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हिराजन काफ्ले र संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मुकेश डंगोलले बताए।

प्रतिक्रिया दिनुहोस्