काठमाडौं। रौतहटको इलाका प्रहरी कार्यालय गरूडा परिसर आज तनावग्रस्त बन्यो। प्रहरी हिरासतमा यातनाका कारण एक थुनुवाको मृत्यु भएको विषयमा त्यहाँ प्रदर्शन भएको हो। गरुडा प्रहरीको हिरासतमै रहेका अवस्थामा १९ वर्षीय विजय रामको मृत्यु भएको भन्दै त्यहाँ प्रदर्शन भएको हो।
स्थानीयवासीले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, कुटपिटमा संलग्न प्रहरी अधिकारीहरूलाई कारबाही गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन गरेका हुन्।
‘विजय–निरञ्जन राम हत्याकाण्ड जिल्ला सङ्घर्ष समिति रौतहट’ को अगुवाइमा प्रहरी कार्यालय परिसरमा भेला भएर स्थानीयवासीले प्रदर्शन गरेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। त्यहाँ तनावग्रस्त स्थिति बनेको छ।
विजयको मृत्यु बिहीबार राति नेशनल मेडिकल कलेज वीरगञ्जमा भएको थियो। मृतक विजयको शवको पोस्टमार्टम त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुक्रबार गरिएको थियो। पोस्टमार्टमको प्रारम्भिक रिपोर्टले कुटपिटपछि मिर्गौलामा रगत जमेको र मिर्गौला फेल भएर विजयको मृत्यु भएको देखाएको छ।  विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको त्रिवि शिक्षण अस्पतालका चिकित्सक हरिहर वस्तीले बताएका छन्।
विजयको मृत्यु कुटपिटबाटै भएको रिपोर्ट र उनलाई कारबाही गर्नुपर्ने दबाबपछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतो दुई नम्बर प्रदेश प्रहरी कार्यालयमा तानिएका छन्। उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरत श्रेष्ठलाई पठाइएको प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले बताए।
साउन ३२ गते राति गरुडा नगरपालिका–८ जिंहडियाका २२ वर्षीय निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अभियोगमा विजयसहित ११ जनालाई प्रहरीले भदौ १ गते पक्राउ गरेको थियो ।
गरुडाको हिरासतमा रहकै बेला विजयलाई पेट दुख्ने, पिसाब पोल्ने लगायत स्वास्थ्यमा समस्यामा देखिएको भन्दै गरुडा अस्पतालमा उपचारका लागि लगेको डीएसपी श्रेष्ठले बताए। तर, त्यहाँ विजयको उपचार सम्भव भएन। भदौको ४ गते नेसनल मेडिकल कलेज वीरगञ्जमा विजयलाई पुर्‍याइएको थियो। विजयको परिवारलाई भने विरामी भएपछि उपचारका लागि लगिएको भन्ने प्रहरीले थाहा दिएको थिएन।
विजयको स्वास्थ्य स्थिति अन्त्यन्तै चिन्ताजनक भएपछि मात्रै प्रहरीले थाहा दिएको स्थानीय मनोज रामले बताए। १० गते राति १२ बजेर ३५ मिनेटमा विजयको मृत्यु भएको थियो।
मृतक विजय बाबु पनिलाल रामले प्रहरीले चरम यातना दिएका कारण सहन नसकेर विजयको मृत्यु भएको दाबी गरेका छन्।
" /> काठमाडौं। रौतहटको इलाका प्रहरी कार्यालय गरूडा परिसर आज तनावग्रस्त बन्यो। प्रहरी हिरासतमा यातनाका कारण एक थुनुवाको मृत्यु भएको विषयमा त्यहाँ प्रदर्शन भएको हो। गरुडा प्रहरीको हिरासतमै रहेका अवस्थामा १९ वर्षीय विजय रामको मृत्यु भएको भन्दै त्यहाँ प्रदर्शन भएको हो।
स्थानीयवासीले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, कुटपिटमा संलग्न प्रहरी अधिकारीहरूलाई कारबाही गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन गरेका हुन्।
‘विजय–निरञ्जन राम हत्याकाण्ड जिल्ला सङ्घर्ष समिति रौतहट’ को अगुवाइमा प्रहरी कार्यालय परिसरमा भेला भएर स्थानीयवासीले प्रदर्शन गरेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। त्यहाँ तनावग्रस्त स्थिति बनेको छ।
विजयको मृत्यु बिहीबार राति नेशनल मेडिकल कलेज वीरगञ्जमा भएको थियो। मृतक विजयको शवको पोस्टमार्टम त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुक्रबार गरिएको थियो। पोस्टमार्टमको प्रारम्भिक रिपोर्टले कुटपिटपछि मिर्गौलामा रगत जमेको र मिर्गौला फेल भएर विजयको मृत्यु भएको देखाएको छ।  विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको त्रिवि शिक्षण अस्पतालका चिकित्सक हरिहर वस्तीले बताएका छन्।
विजयको मृत्यु कुटपिटबाटै भएको रिपोर्ट र उनलाई कारबाही गर्नुपर्ने दबाबपछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतो दुई नम्बर प्रदेश प्रहरी कार्यालयमा तानिएका छन्। उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरत श्रेष्ठलाई पठाइएको प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले बताए।
साउन ३२ गते राति गरुडा नगरपालिका–८ जिंहडियाका २२ वर्षीय निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अभियोगमा विजयसहित ११ जनालाई प्रहरीले भदौ १ गते पक्राउ गरेको थियो ।
गरुडाको हिरासतमा रहकै बेला विजयलाई पेट दुख्ने, पिसाब पोल्ने लगायत स्वास्थ्यमा समस्यामा देखिएको भन्दै गरुडा अस्पतालमा उपचारका लागि लगेको डीएसपी श्रेष्ठले बताए। तर, त्यहाँ विजयको उपचार सम्भव भएन। भदौको ४ गते नेसनल मेडिकल कलेज वीरगञ्जमा विजयलाई पुर्‍याइएको थियो। विजयको परिवारलाई भने विरामी भएपछि उपचारका लागि लगिएको भन्ने प्रहरीले थाहा दिएको थिएन।
विजयको स्वास्थ्य स्थिति अन्त्यन्तै चिन्ताजनक भएपछि मात्रै प्रहरीले थाहा दिएको स्थानीय मनोज रामले बताए। १० गते राति १२ बजेर ३५ मिनेटमा विजयको मृत्यु भएको थियो।
मृतक विजय बाबु पनिलाल रामले प्रहरीले चरम यातना दिएका कारण सहन नसकेर विजयको मृत्यु भएको दाबी गरेका छन्।
"> हिरासतमा यातनापछि मृत्यु प्रकरण: गरुडा तनावग्रस्त, डीएसपी महतो प्रदेश कार्यालयमा तानिए: Dekhapadhi
हिरासतमा यातनापछि मृत्यु प्रकरण: गरुडा तनावग्रस्त, डीएसपी महतो प्रदेश कार्यालयमा तानिए
काठमाडौं। रौतहटको इलाका प्रहरी कार्यालय गरूडा परिसर आज तनावग्रस्त बन्यो। प्रहरी हिरासतमा यातनाका कारण एक थुनुवाको मृत्यु भएको विषयमा त्यहाँ प्रदर्शन भएको हो। गरुडा प्रहरीको हिरासतमै रहेका अवस्थामा १९ वर्षीय विजय रामको मृत्यु भएको भन्दै त्यहाँ प्रदर्शन भएको हो।
स्थानीयवासीले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, कुटपिटमा संलग्न प्रहरी अधिकारीहरूलाई कारबाही गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन गरेका हुन्।
‘विजय–निरञ्जन राम हत्याकाण्ड जिल्ला सङ्घर्ष समिति रौतहट’ को अगुवाइमा प्रहरी कार्यालय परिसरमा भेला भएर स्थानीयवासीले प्रदर्शन गरेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। त्यहाँ तनावग्रस्त स्थिति बनेको छ।
विजयको मृत्यु बिहीबार राति नेशनल मेडिकल कलेज वीरगञ्जमा भएको थियो। मृतक विजयको शवको पोस्टमार्टम त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुक्रबार गरिएको थियो। पोस्टमार्टमको प्रारम्भिक रिपोर्टले कुटपिटपछि मिर्गौलामा रगत जमेको र मिर्गौला फेल भएर विजयको मृत्यु भएको देखाएको छ।  विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको त्रिवि शिक्षण अस्पतालका चिकित्सक हरिहर वस्तीले बताएका छन्।
विजयको मृत्यु कुटपिटबाटै भएको रिपोर्ट र उनलाई कारबाही गर्नुपर्ने दबाबपछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतो दुई नम्बर प्रदेश प्रहरी कार्यालयमा तानिएका छन्। उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरत श्रेष्ठलाई पठाइएको प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले बताए।
साउन ३२ गते राति गरुडा नगरपालिका–८ जिंहडियाका २२ वर्षीय निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अभियोगमा विजयसहित ११ जनालाई प्रहरीले भदौ १ गते पक्राउ गरेको थियो ।
विजयको स्वास्थ्य स्थिति अन्त्यन्तै चिन्ताजनक भएपछि मात्रै प्रहरीले थाहा दिएको स्थानीय मनोज रामले बताए। १० गते राति १२ बजेर ३५ मिनेटमा विजयको मृत्यु भएको थियो।
मृतक विजय बाबु पनिलाल रामले प्रहरीले चरम यातना दिएका कारण सहन नसकेर विजयको मृत्यु भएको दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस्