काठमाडौं। साउन १० देखि १६ गते सम्म सञ्चालित ‘सातौं राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड २०२०’ को तेस्रो तथा अन्तिम चरण (बन्द शिविर) को नतिजा आज प्रकाशन गरिएको छ।
यस वर्ष सिनियरतर्फ ललितपुरको सेन्ट जेभियर्स स्कुलका आकाश गुरुङ प्रथम भएका छन्।
बन्द शिविरमा नेपालका सातवटै प्रदेशमा सञ्चालन भएको प्रथम तथा दोस्रो चरणबाट छनौट भएका ३९ विद्यार्थीले सक्रिय सहभागिता जनाएका थिए।
कोभिड-१९ को महामारीबीच यस वर्ष बन्द शिविर भर्चुअलरूपमा सञ्चालन गरिएको थियो। बन्द शिविरमा विद्यार्थीहरूलाई स्वदेश तथा विदेशमा रहेका नेपाली तथा विदेशी विषय विज्ञहरूमार्फत् खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरू सञ्चालन गरिएको थियो।
शिविरमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई यस वर्ष सञ्चालन हुने विभिन्न अन्तर्राष्ट्रिय एष्ट्रनोमी ओलम्पियाडमा सहभागिताको अवसर प्रदान गरिनेछ। यस वर्ष प्रायः अन्तर्राष्ट्रिय ओलम्पियाडहरू भर्चुअल तरिकाले सञ्चालन हुँँदैछन्।
“कोभिड-१९ को महामारीले कार्यक्रम आयोजना गर्न असहज परिस्थिति सृजना भएको भए पनि हामीले विद्यार्थीको मिहिनेत र लगनशीलता खेर जान नदिन भर्चुअल तरिकाले भए पनि बन्द शिविर सञ्चालन गरेका हौं,” नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आज जारी गरेको विज्ञप्तिमा भनेको छ।
लकडाउन अघि यस वर्ष सञ्चालन गरिएको जुनियरतर्फ रेन्बो एकेडेमिक होम्स सेकेन्डरी स्कुल पोखराका सञ्जय श्रेष्ठ प्रथम भएका थिए।
" /> काठमाडौं। साउन १० देखि १६ गते सम्म सञ्चालित ‘सातौं राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड २०२०’ को तेस्रो तथा अन्तिम चरण (बन्द शिविर) को नतिजा आज प्रकाशन गरिएको छ।यस वर्ष सिनियरतर्फ ललितपुरको सेन्ट जेभियर्स स्कुलका आकाश गुरुङ प्रथम भएका छन्।

">