काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सेप्टेम्बर १५ देखि स्कुल–कलेज खुल्ने बताएका छन्। शुक्रबार उनले शिक्षण संस्था नियमित गर्न आवश्यक सबै तयारी अघि बढाउन निर्देशन दिएका हुन्।
पाकिस्तान सरकारले केही समयअघि नै उक्त मितिदेखि स्कुल–कलेज खोल्ने घोषणा गरेको थियो, शुक्रबार प्रधानमन्त्री खानले निर्देशन दिएका हुन्। कोभिड-१९सँग सम्बद्ध नेसनल कोअर्डिनेसन कमिटी (एनसीसी)को बैठकको अध्यक्षता गर्दै खानले नागरिकसँग मुहर्रम मनाउँदा सावधानी अपनाउन अनुरोधसमेत गरे।
सोही बैठकमा आन्तरिक उडानका लागि आवश्यक स्वास्थ्य निर्देशनको समीक्षा पनि गरियो। बैठकमा पाकिस्तानमा कोरोना संक्रमण तीव्र गतिमा घटिरहेको बताइएको थियो। यही कारण पनि त्यहाँ स्कुल–कलेज पुन नियमित गर्नेबारे चर्चा गरिएको हो।
बैठकले पर्यटन, उड्डयनजस्ता क्षेत्रमा मौजुदा नियमको समीक्षा, कोरोना टेस्टिङ तथा माइक्रो स्मार्ट लकडाउनजस्ता विभिन्न विषयमा छलफल गरिएको थियो। पाकिस्तानले छिमेकी मलुकको तुलनामा छिटै कोरोना नियन्त्रण गरेको र यसको चर्चा अन्तर्राष्ट्रिय स्तरमा हुने गरेको पनि प्लानिङ मिनिस्टर असद उमरले बताए।
एकातिर पाकिस्तानले स्कुल–कलेज खोल्ने तयारी गरिरहेको छ भने अर्कोतिर छिमेकी भारतमा विद्यार्थीहरु परीक्षा नभएको भन्दै विरोध प्रदर्शनमा उत्रिएका छन्। भारतलमा मेडिकल र इन्जिनियरिङका विद्यार्थीले परीक्षा माग गरेका हुन्।
भारतमा दैनिक ७५ हजारका दरले संक्रमित थपिन थालेका छन्। यसको कारणमा त्यहाँ गरिएकौ दैनिक लाखौं टेस्ट हो। परीक्षणको तुलनामा विगत डेढ महिनादेखि संक्रमितको दर त्यहाँ पनि घटिरहेको बताइएको छ।
(बीबीसी)