काठमाडौं। रिचार्ड ओस्मान टेलिभिजन प्रस्तोता हुन्। उनले आफ्नो पहिलो उपन्यास ‘थर्सडे मर्डर क्लब’प्रकाशन गरेका छन्। उक्त उपन्यासमाथि सिनेमा बनाउन प्रख्यात निर्देशक स्टेभेन स्पिलबर्गले सम्झौता गरेका छन्। थर्सडे मर्डर अपराध उपन्यास हो। उनलाई केही लेख्न निकै एकान्त चाहिन्छ। र, लेखिसकेपछि विश्वासिलो कुनै मित्रलाई देखाउँछन्। त्यसपछि उक्त पुस्तकलाई आफ्नै आँखामा राखेर सोध्न चाहन्छन् ‘के यो राम्रै भयो?’ ओस्मानसँग दि गार्जियनले पुस्तकवार्ता गरेको छ। सोही वार्ताको अनुदित तथा सम्पादित अंशः
मैले अहिले पढिरहेको पुस्तक
कोल्सन ह्वाइटहेडको ‘दि निकेल ब्वाइज’ पढिरहको छु। म ‘दि अन्डरग्राउन्ड रेलरोड’ पढ्नै लागको थिएँ, त्यही बखत दि निकले ब्वाइज अलि छोटो छ भन्ने थाहा पाएँ, म त्यसको प्रशंसा गर्छु। दि अन्डरग्राउन्ड रेलरोड असाधारण छ भन्ने सुनेको छु, अब त्यो पढ्छु। यसले मभित्र दि निकेल ब्वाइज पढ्दा उब्जिएको जिज्ञासा कम हुने छ।
लेख्ने इच्छा लागेको पुस्तक
जब जोन ले कार जर्ज स्माइलीको वर्णन गर्छन्, यसलाई यस्तो अर्थव्यवस्था र मानतासहित गर्छन् कि तपाईंको स्वास एकछिनलाई रोकिन्छ। यी सबै महत्वपूर्ण यसकारण छन् कि, उनले आफ्नो उपन्यास ‘कल फर दि डेड’को पहिलो पृष्ठमै यो उल्लेख गरेका छन्।
मेरो लेखनमा सबैभन्दा बढी प्रभाव पारेको पुस्तक
वर्षौंदेखि म बेलायती अपराध–लेखकहरु– इयान रेनकिन, भल म्याकडेर्मिड, रुथ रेन्डेल, रेगिनाल्ड हिलजस्ताले मेरो हड्डी तताइदिएका छन्। तर मेरो मनमा बेलायतकै महान् हास्यलेखक– मुरियल स्पार्क, पीजी वुडहाउस, एलन बेनेट र भिक्टोरिया वुडले प्रभाव पारेका छन्।
यस्तो पुस्तक जुन कम चर्चित भयो
अंग्रेजी भाषाको सबैभन्दा आनन्ददायी हास्य पुस्तक माइकल फ्रेनको ‘टुवार्ड्स दि इन्ड अफ दि मर्निङ’ हो। यसले फ्लिट स्ट्रिटको आखिरी महत्वपूर्ण दिन र टेलिभिजनको सुरुआती दिनको विवरण बताउँछ।
अन्तिम पुस्तक जसले मलाई रुवायो
रमिता नाभाईको ‘सिटी अफ लाइज’ तेहरानका मानिसको दैनन्दिन जीवन जोडिएको एउटा सत्य कथाको शृंखला हो। अविश्वसनीय ढंगमा हास्यमिश्रित लेखाइ छ र अन्त्य सुखद बनाइएको छ। यो पुस्तक पढ्दा म धेरै पटक रोएको छु।
त्यो पुस्तक जुन नपढ्दा खेद छैन
एचई बेट्सको ‘फेयर स्टुड दि विन्ड फर फ्रान्स’। यो पुस्तक मेरो ओलेभलको पाठ्यक्रममा थियो, तर यसको एक शब्द पनि मैले पढिनँ।
मैले उपहार दिएको पुस्तक
साइमोन गारफिल्डको ‘दि रेस्लिङ’, यो पुस्तकमा बेलायती कुस्तीको स्वर्णयुग र व्यापक सामाजिक इतिहासको मौखिक परम्परा उतारिएको छ।
बिर्सन नसकेको पुस्तक
‘दि थर्सडे मर्डर क्लब’ मेरो पहिलो र प्रिय उपन्यास हो। यद्यपि, म आफ्नो नलेखिएको दसौं या बीसौं उपन्यास सम्झन चाहन्छु। किनकि, ती उपन्यास म आफ्नो बाँकी जीवनमा लेख्न चाहन्छु।
सर्वप्रथम पढेको पुस्तक
‘दि योङ वान्स बुक’जतिको स्तरीय पुस्तक छैन, त्यो टेलिभिजन सोको वार्षिकोत्सव कार्यक्रममा ल्याइएको थियो। त्यसबखत म केवल १३ वर्षको थिएँ।
सहज पठनको पुस्तक
म सधैं स्पार्क र प्याट्रिसिया हाइस्मिथलाई सम्झन पुग्छु। तिनले विभिन्न कोणबाट मानवको स्थितिलाई निकै सहजताका साथ ऊजागर गरे। टम रिप्लेको ‘सत्य’लाई बिर्सन सकिन्न। तर उनी अहिले कतै देखिँदैन्, लाग्छ उनी फ्रान्सको कतै एकान्तमा आराम गरिरहेका छन्।