काठमाडौं। सरकारबाट विभिन्न देशका लागि राजदूतमा सिफारिस भएका तीन जनाबारे कुनै उजुरी भए उपलब्ध गराउन संसदीय सुनुवाई समितिले आह्वान गरेको छ। संघीय संसदको सुनुवाई समितिले आज सूचना प्रकाशित गरी यही भदौ २२ गतेभित्र समितिको कार्यालयमा पुग्ने गरी उजुरी गर्न भनेको छ।
सरकारले गेहेन्द्र राजभण्डारीलाई बेल्जियम र युरोपियन युनियन, तापस अधिकारीलाई पाकिस्तान र रामकाजी खड्कालाई जर्मनीका लागि राजदूतमा सिफारिस गरेको छ।
सिफारिस गरिएकाहरूलाई राजदूतमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आाधार एवम् सबुद प्रमाणसहित उजुरी दिन सकिने समितिले जनाएको छ।
उजुरीकर्ताको परिचय गोप्य राखिने जनाएको समितिले ७७ जिल्लाकै प्रशासन कार्यालयहरूलाई सार्वजनिक स्थल एवम् सरकारी कार्यालयहरूमार्फत यो सूचना प्रकाशित गर्न भनेको छ।
सम्बन्धित जिल्लाका सीडीओ कार्यालयमार्फत वा सोझै समितिको कार्यालयमा पुगेर उजुरी दिन सकिने पनि समितिले जानकारी दिएको छ।
सरकारबाट भएको सिफारिस समितिको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट अस्वीकृत नभएमा अनुमोदन भएको मानिने कानुनी व्यवस्था छ।
" /> काठमाडौं। सरकारबाट विभिन्न देशका लागि राजदूतमा सिफारिस भएका तीन जनाबारे कुनै उजुरी भए उपलब्ध गराउन संसदीय सुनुवाई समितिले आह्वान गरेको छ। संघीय संसदको सुनुवाई समितिले आज सूचना प्रकाशित गरी यही भदौ २२ गतेभित्र समितिको कार्यालयमा पुग्ने गरी उजुरी गर्न भनेको छ।

">