शिशिर याममा जर्मनीमा महामारीको थप चुनौती आउनसक्ने मर्केलको भनाइ
रोएटर्स। आउँदो शरद र शिशिर यामका महिनाहरूमा कोरोनाभाइरसविरूद्धको लडाई थप चुनौतीपूर्ण हुनसक्ने जर्मनीका चान्सलर एन्जेला मर्केलले बताएका छन्।

“गर्मीमा भन्दा आगामी केही महिना महामारीले थप चुनौती सिर्जना गर्ने देखिएको छ,” मर्केलले भने, “हामी सबैले ग्रीष्म ऋतुमा मौसमका कारण तुलनात्मक रूपमा केही स्वतन्त्रता र सापेक्षिक सुरक्षाको आनन्द उठायौँ, जुन जीवन न्यानोमा सम्भव छ।”

चिसो हावाबाट फैलिने सूक्ष्म कणहरूलाई सङ्केत गर्दै उनले भने। जर्मनीका १६ संघीय राज्यहरूका नेताहरूसँग शुक्रबार छलफल गरेपछि उनको महामारी आगामी दिनमा थप जटिल हुनसक्ने धारणा आएको हो।

“हामीले यस भाइरसको साथ लामो समय सम्म बाँच्नुपर्नेछ। यो अझै गम्भीर अवस्थामा रहेको छ अर्थात् नियन्त्रणमा आउन सकेको छैन। कृपया यसलाई गम्भीरतापूर्वक लिनुहोस्,” मर्केलले भने।

जर्मनीमा मङ्गलबार थप एक हजार ५७१ सङ्क्रमित भएसँगै कूल सङ्क्रमितको  सङ्ख्या दुई लाख ३९ हजार ५०७ पुगेको रोबर्ट कोच इन्स्टिच्युटले बताएको छ। जर्मनीमा हालसम्म नौ हजार २८८ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्