काठमाडौं। ६ वर्षीय बिरामी छाेरालाई विभिन्न अस्पतालमा उपचार गराउँदा पनि निकाे नभएपछि बाँकेकी एक महिलाले धामीझाँक्री कहाँ लैजाने विचार गरिन्।
राति भएकाले छोरासँगै २८ वर्षीया महिलालाई उनले साथी लगिन्।
लगेको साथी पनि बिरामी थिइन्। उनीहरू बुधबार रातको १२ बजेतिर पुजारीकहाँ पुगेका थिए।
पुजारी हुन्, बाबाकुटी मन्दिरका नाजिर मोहम्मद। उक्त मन्दिर जिल्लाकै डुडुवा गाउँपालिका वडा नम्बर-५ मा पर्दछ।
४० वर्षीय मोहम्मदले ३० वर्षीया ती महिलालाई मन्दिर छेउको कुटीमा लगे। त्यहाँ बिरामी बच्चा महिलाको साथमै थिए।
एकछिन झारफुक गरेजस्ताे गरेर बच्चालाई बाहिर निकाले। महिलालाई पनि झारफुक गर्नुपर्ने पुजारीले भने। त्यसपछि झारफुक गर्ने बहानामा पुजारीबाट महिला बलात्कृत भइन्।
उनी बाहिरिएपछि अर्को महिलाको झारफुकको पालो आयो। ती महिलालाई पनि झारफुकको बहानामा पुजारीले बलात्कार गरे। देउताले अह्राएको र शारीरिक सम्बन्ध राखे निको हुने भन्दै महिलाहरूलाई बलात्कार गरेर फर्काए।
जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास खड्काले झारफुकको बहानामा बलात्कृत भएको भन्दै महिलाहरूले बिहीबार प्रहरीलाई खबर गरेको बताए।
खबरलगत्तै इलाका प्रहरी कार्यालय बनकट्टी (क) बाट गएको प्रहरी टोलीले बलात्कार आरोप लागेका नाजिरलाई पक्राउ गरेको हो।
“खबर पाएपछि गएको प्रहरी टोलीले पुजारीलाई पक्रियो र अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्,” डीएसपी खड्काले देखापढीसँग भने।
खड्काका अनुसार नाजिरले यसअघिदेखि नै मन्दिरमा आएका बिरामीहरूलाई झारफुक गर्ने गरेको खुलेको छ।
बलात्कृत भएको भनिएकी महिलाहरूको स्वास्थ्य परीक्षण शुक्रबार भेरी अञ्चल अस्पतालमा गरिएको छ।
स्वास्थ्य परीक्षणको प्रतिवेदन आउन बाँकी रहेको प्रहरीले जनाएको छ। बलात्कार आरोपमा पक्राउ परेका नाजिरविरुद्ध प्रहरीले जबर्जस्ती करणीसम्बन्धी कसूरमा अनुसन्धान थालेको छ।
प्रहरीले बाँके जिल्ला अदालतबाट शुक्रबार अनुसन्धानका लागि सात दिनको म्याद थप अनुमति लिएको छ।
" /> काठमाडौं। ६ वर्षीय बिरामी छाेरालाई विभिन्न अस्पतालमा उपचार गराउँदा पनि निकाे नभएपछि बाँकेकी एक महिलाले धामीझाँक्री कहाँ लैजाने विचार गरिन्।राति भएकाले छोरासँगै २८ वर्षीया महिलालाई उनले साथी लगिन्।

">