काठमाडौं। कोरोना (कोभिड-१९) महामारीका कारण नेपालमा विद्यालय जानेमध्ये दुई तिहाइ बालबालिका दूर शिक्षाको अवसरबाट वञ्चित रहेको युनिसेफले जनाएको छ।
युनिसेफले नेपालमा गरेको एक अध्ययनले यस्तो देखाएको हो।
“नेपालमा युनिसेफले हालसालै सम्पन्न गरेको बालबालिका तथा परिवारमाथिको अध्ययनअनुसार विद्यालय जानेमध्ये दुई तिहाइ बालबालिका दूर शिक्षाको अवसरबाट वञ्चित छन्,” युनिसेफले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “१० मध्ये ३ बालबालिकाको मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाइका माध्यमहरूमा पहुँच रहेको छ र तीमध्ये ८० प्रतिशतले मात्रै दुर शिक्षाका माध्यमहरूलाई आफ्नो सिकाइ कार्यहरूका लागि उपयोग गरिरहेका छन्।”
नेपालमा परिवार जति गरिब भयो त्यति नै सो परिवारका बालबालिकाको दूर शिक्षामा पहुँच कम हुने गरेको प्रतिवेदनमा औँल्याइएको छ। तथ्यांकअनुसार नेपालमा सबै भन्दा गरिब परिवारका बालबालिकामध्ये ५ प्रतिशतको मात्रै दूर शिक्षामा पहुँच रहेको छ।
प्रतिवेदनले विभिन्न क्षेत्रहरूमा व्याप्त व्यापक असमानताको बारेमा प्रकाश पारेको छ। सब साहारा अफ्रिका क्षेत्रका विद्यालय जाने उमेरका बालबालिका सबैभन्दा बढी प्रभावित रहेको युनिसेफले जनाएको छ। त्यहाँ कुल विद्यार्थीहरूमध्ये आधाको दूर शिक्षामा पहुँच छैन।
“अत्यधिक गरिब परिवार तथा ग्रामीण क्षेत्रहरूमा बसोबास गर्ने परिवारका बालबालिकाले विद्यालय बन्द हुँदा दूर शिक्षाको अवसरबाट वञ्चित हुने सम्भावना अत्यधिक हुने कुरा प्रतिवेदनले देखाएको छ,” विज्ञप्तिमा उल्लेख छ।
‘दूर शिक्षामा पहुँचयोग्यता प्रतिवेदन’ले पहुँचको दर उमेर समूहअनुसार फरक पर्ने उल्लेख गरेको छ। जसअनुसार सबैभन्दा साना विद्यार्थीहरूले आफ्नो अध्ययन र सिकाइको सबैभन्दा संवेदनशील उमेरमै दूर शिक्षाका अवसर गुमाइरहेका युनिसेफको निष्कर्ष छ।
कोरोना संक्रमण बढ्दो क्रममा रहेकोले देशहरूले विद्यालय पुनः सुचारू गर्ने योजनालाई पर धकेलिरहेका छन्। विद्यालयहरू बन्द भएको समयमा विश्वभर एक तिहाइ अर्थात् ४६ करोड ३० लाख बालबालिका दूर शिक्षाको पहुँचबाट वञ्चित भएको युनिसेफद्वारा आज सार्वजनिक प्रतिवेदनमा उल्लेख छ।
“कोभिड-१९ को कारणले विद्यालय जानबाट वञ्चित भएका कम्तीमा पनि ४६ करोड ३० लाख बालबालिकाको दूर शिक्षामा पहुँच थिएन,” युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले भने, “महिनौँसम्म यति धेरै बालबालिकाको पढाइ एवं सिकाइमा पूर्ण अवरोध हुनु भनेको विश्वव्यापी शैक्षिक आपतकाल हो। यसको असर आगामी केही दशकसम्मै अर्थतन्त्र तथा समाजमा महसुस हुनेछ।”
विभिन्न देशहरूमा भएका देशव्यापी र स्थानीय बन्दाबन्दीको समयमा विद्यालयहरू बन्द हुँदा झण्डै डेढ अर्ब बालबालिका प्रभावित हुन पुगेको विज्ञप्तिमा जनाइएको छ।
दूर शिक्षामा पहुँचयोग्यता प्रतिवेदनमा विश्वका १०० देशहरूमा पूर्व-प्राथमिक, प्राथमिक, निम्न-माध्यमिक तथा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिका माझ दूर शिक्षाको प्रयोगबारे अध्ययन गरिएको थियो।
पूर्व-प्राथमिक तहका विद्यार्थीमध्ये ७० प्रतिशत अर्थात् १२ करोडलाई विभिन्न कारणले दूर शिक्षामा समेट्न नसकेको अध्ययनले देखाएको छ। “यसका प्रमुख कारणहरूमा धेरै साना बालबालिकाहरुको लागि अनलाइनको सिकाइ चुनौतीपूर्ण हुनु, यो समूहका बालबालिकाको लागि दूर शिक्षा कार्यक्रमको अभाव र त्यसको लागि घरमा उपकरणको अभाव आदि पर्दछन्,” युनिसेफले भनेको छ।
प्राथमिक तहका विद्यार्थीहरूमध्ये कम्तीमा २९ प्रतिशत अर्थात् २१ करोड ७० लाखलाई दूर शिक्षामा समेट्न नसकेको पाइएको छ भने निम्न-माध्यमिक तहका २४ प्रतिशत अर्थात् ७ करोड ८० लाख विद्यार्थीसम्म दूर शिक्षाको पहुँच पुग्न सकेको छैन।
दूर शिक्षामा पहुँचको आधारमा माध्यमिक तहका विद्यार्थीहरू सबैभन्दा कम वञ्चित रहेको अध्ययनले देखाएको छ। १८ प्रतिशत अर्थात् ४ करोड ८० लाख बालबालिका दूर शिक्षाका लागि आवश्यक प्राविधिक साधनहरूको अभावका कारण वञ्चित भएको युनिसेफको ठहर छ।
" /> काठमाडौं। कोरोना (कोभिड-१९) महामारीका कारण नेपालमा विद्यालय जानेमध्ये दुई तिहाइ बालबालिका दूर शिक्षाको अवसरबाट वञ्चित रहेको युनिसेफले जनाएको छ।युनिसेफले नेपालमा गरेको एक अध्ययनले यस्तो देखाएको हो।

">