काठमाडाैं। साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको छन्द कविता सङ्ग्रह ‘बुद्धिको पाइला’ ले राष्ट्रप्रेमको भाव जगाउन सफल भएको समीक्षकले बताएका छन्।
नेपाली कांग्रेस गुल्मी-काठमाडौं सम्पर्क समितिले भर्चुअल माध्यमबाट आयोजना गरेको ‘बुद्धिको पाइला’ माथिको परिचर्चा कार्यक्रममा डा विमला शर्मा, रमा केसी, प्रा डा भागवत ढकाल, दीन पन्थीलगायतले देशभक्तिको भावना बोकेकोे शास्त्रीय छन्दमा रचित कृतिले छन्द कविता लेख्ने परम्परा संरक्षणमा समेत योगदान गरेको बताए।
नयाँ पुस्तालाई छन्दमा कविता लेख्न यस्ता पुस्तकले प्रेरित गर्ने विचार कार्यक्रममा समीक्षकहरूले व्यक्त गरेका थिए।
उपजाति, शार्दुलविक्रीडितलगायत ९ छन्दमा लेखिएको कृतिमा ८० पृष्ठ छ।
सविता भट्टराईले प्रकाशन गरेकाे कृति नेपाली नागरिकले पढ्न चाहेमा निःशुल्क उपलब्ध गराइने कवि ज्ञवालीले जानकारी दिए। विदेशी नागरिकलाई भने ११ डलर मूल्य तोकिएको छ।
यसअघि ज्ञवालीले विभिन्न विधाका दर्जनौँ कृतिको सम्पादन र भूमिका लेखनसमेत गरिसकेका छन्। विधागतरूपमा समालोचनाका चार, निबन्ध एक, बाल साहित्य एक दर्जन, भाषणकलाको एक, भूमिकाको भूमिका एक लगायत कृति सार्वजनिक भइसकेका छन्।
साहित्यकार ज्ञवालीको यो १८औँ कृति हो। यसअघि उनका ‘आख्यानकार विश्वेश्वरप्रसाद कोइराला’, ‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’, ‘समालोचना पुष्प’, ‘भूमिकाको भूमिका’ लगायत कृति प्रकाशित भइसकेका छन्।
भदौ लागेपछि आफूले ‘आमा’ खण्डकाव्यलाई अन्तिम रूप दिइरहेको उनले परिचर्चा कार्यक्रममा जानकारी दिए। रासस
" /> काठमाडाैं। साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको छन्द कविता सङ्ग्रह ‘बुद्धिको पाइला’ ले राष्ट्रप्रेमको भाव जगाउन सफल भएको समीक्षकले बताएका छन्।नेपाली कांग्रेस गुल्मी-काठमाडौं सम्पर्क समितिले भर्चुअल माध्यमबाट आयोजना गरेको ‘बुद्धिको पाइला’ माथिको परिचर्चा कार्यक्रममा डा विमला शर्मा, रमा केसी, प्रा डा भागवत ढकाल, दीन पन्थीलगायतले देशभक्तिको भावना बोकेकोे शास्त्रीय छन्दमा रचित कृतिले छन्द कविता लेख्ने परम्परा संरक्षणमा समेत योगदान गरेको बताए।

">