गौरीफन्टा नाकामा खटिएका सशस्त्र प्रहरी निरीक्षक फिर्ता
कैलाली। रेड लेवल लिएर भारतीय नागरिकलाई नेपाल प्रवेश गराएको आरोप लागेका सशस्त्र प्रहरीका निरिक्षक शैलेन्द्र सिंह चैसिरलाई २४ घण्टा नबित्दै जिम्मेवारीबाट हटाइएको छ।

उनको ठाउँमा सशस्त्र प्रहरी निरीक्षक सुरेश महर्जनलाई कञ्चनपुरको झलारीस्थित सशस्त्र प्रहरीको ३५ नम्बर गणले पठाएको छ।
कैलालीको सुरक्षा टोलीलाई हटाएर गौरीफन्टासँग जोडिएको धनगढी नाकाको सुरक्षाको जिम्मेवारी लिएको कञ्चनपुरको सुरक्षा टोली २४ घण्टा नबित्दै विवादमा मुछिएको हो।

सशस्त्र प्रहरी निरिक्षक चैसिरले भने धनगढीमा शिवम हार्डवेयर सञ्चालन गर्दै आएका शिवम गुप्ताले आफ्नो आमा, छोरी र छोरा भएको बताएपछि नेपाल प्रबेश गर्न दिएको बताए।

“नेपाली नागरिकलाई आउन दिनु भन्ने हामीलाई आदेश थियो। त्यही आदेशका कारण उनीहरुलाई आउन दिएका हौ”, सशस्त्र प्रहरी निरिक्षक चैसिरले भने, “शिवम गुप्ताले आफू  नेपाली नागरिक भएको र धनगढी उपमहानगरपालिका-३ बिशालनगरमा घर समेत भएको बताएपछि उनका छोरा, छोरी र आमालाई नेपाल प्रवेश गर्न दिएका हौ।”

उनले आफूलाई जिम्मेवारीबाट नहटाएको भई आफ्नो पहिले नै सरुवा भईसकेको र जिम्मेवारीबाट खटाएका निरिक्षक आई नसकेकोले हिजो गौरीफन्टा नाकामा खटिएको बताए।

सोही विषयमा जानकारी लिन सम्पर्क गर्न खोज्दा सशस्त्र प्रहरी बल नम्बर ३५ गण झलारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले फोन उठाएनन्।

प्रतिक्रिया दिनुहोस्