काठमाडौं। बेलायतमा भएको एक अनुसन्धानको निष्कर्ष कोरोनाको पीडा वृद्धि भइरहेको यो अवस्थामा पनि खुसी दिनेखालको छ।
बिहीबार प्रकाशित एक अनुसन्धानले बच्चामा कोरोना भाइरसको गम्भीर असर नपर्ने पुष्टि गरेको हो। सोही अध्ययनले बच्चालाई कोरोनाले मृत्युसम्म त पुर्याउनै नसक्ने देखाएको छ।
यो शोध बेलायतमा कोभिड–१९ का कारण १३८ वटा अस्पतालमा भर्ना भएका बच्चाहरुमा गरिएको थियो। अस्पतालमा भर्ना भएका केवल ६ बच्चाको मात्रै मृत्यु भएको थियो, यो कुल आँकडाको हिसाबमा एक प्रतिशत हो। जुन बच्चाको कोरोना लागेपछि मृत्यु भयो तिनमा पहिला नै अन्य गम्भीर रोग थियो।
शोध टोलीको नेतृत्वकर्तामध्येका एक बेलायतको युनिभर्सिटी अफ लिभरपुलका आउटब्रेक मेडिसिन एन्ड चाइल्ड हेल्थका प्राध्यापक डा. म्यालकम सेम्प्ले भन्छन्, ‘‘हामी निश्चिन्त भएर भन्न सक्छौं, बच्चालाई कोभिड-१९ ले हानि गर्न सकेको छैन। यो शोधले सन्देश दिएको छ, बच्चालाई कोभिड–१९को गम्भीर असर पर्न दुर्लभ छ। यसकारण पनि बच्चाको मृत्युदर कम छ। अब अभिभावकले आफ्ना बच्चालाई विद्यालय पठाउँदा कुनै खतरा हुने छैन।’’
कोरोना भाइरसको विश्व आँकडा हेर्दा पनि थाहा हुन्छ, यसले एकदेखि दुई प्रतिशतमात्रै बच्चा र किशोरलाई असर पारेको छ। जुन बच्चामा संक्रमण देखिएको छ, त्यसमा सामान्य लक्षण वा लक्षणहीन अवस्था छ।
उक्त शोधको नतिजा बीएमजे मेडिकल जर्नलमा प्रकाशित छ। शोधमा प्रा मेलकमको टोलीले १९ वर्षभन्दा मुनिका ६५१ बच्चाको डाटा जम्मा पारेको थियो। यी बच्चालाई जनवरी १७ देखि ३ जुलाईभित्र अस्पाल भर्ना गरिएको थियो।
(बीबीसी)
" /> काठमाडौं। बेलायतमा भएको एक अनुसन्धानको निष्कर्ष कोरोनाको पीडा वृद्धि भइरहेको यो अवस्थामा पनि खुसी दिनेखालको छ।बिहीबार प्रकाशित एक अनुसन्धानले बच्चामा कोरोना भाइरसको गम्भीर असर नपर्ने पुष्टि गरेको हो। सोही अध्ययनले बच्चालाई कोरोनाले मृत्युसम्म त पुर्याउनै नसक्ने देखाएको छ।

">