काठमाडौं। कोभिड-१९ महामारीको बेलामा सहज रूपमा रगत उपलब्ध गराउन सहयोग गर्ने उद्देश्यले बूढानीलकण्ठमा नेपाल स्वयंसेवी रक्तदाता समाज गठन भएको छ।
स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा बूढानीलकण्ठ नगरपालिका-२ स्थित गणेश उच्च माध्यमिक विद्यालयमा स्वयंसेवी रक्तदाताहरूको एक भेला आयोजना गरिएको थियो।
सोही भेलाले बूढानिलकण्ठ नगर समितिमा अध्यक्ष मधुसुदन श्रेष्ठ, उपाध्यक्षमा दीपेन्द्र खड्का, सचिवमा नारायण खत्री, कोषाध्यक्षमा प्रल्हाद खड्कालाई सर्वसम्मत चयन गरेको छ।
सदस्यहरूमा अमिशचन्द्र के.सी, जयराम खड्का, सुरेश भण्डारी, राजेश खड्का, दीपक कार्की, ज्ञानकाजी महर्जन र शिवहरी छन्।
उक्त कार्य समितिले आगामी १३ भदौमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। निषेधाज्ञाको कारण प्रशस्त रगत उपलब्ध हुन नसक्दा अस्पतालमा विरामीहरू समस्यामा पर्ने गरेकाले त्यस्तो समस्या समाधानमा सहयोग गर्ने रक्तदान कार्यक्रम आयोजना गरिएको कमिटीका अध्यक्ष मधुसुदन श्रेष्ठले बताए।
नेपाल स्वयंसेवी रक्तदाता समाजले पनि सुरक्षित रूपमा रक्तदान कार्यक्रम आयोजना गरी रगत उपलब्धता बढाई सहयोग गर्न आह्वान गरेको समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कार्माचार्यले बताए।
" /> काठमाडौं। कोभिड-१९ महामारीको बेलामा सहज रूपमा रगत उपलब्ध गराउन सहयोग गर्ने उद्देश्यले बूढानीलकण्ठमा नेपाल स्वयंसेवी रक्तदाता समाज गठन भएको छ।सोही भेलाले बूढानिलकण्ठ नगर समितिमा अध्यक्ष मधुसुदन श्रेष्ठ, उपाध्यक्षमा दीपेन्द्र खड्का, सचिवमा नारायण खत्री, कोषाध्यक्षमा प्रल्हाद खड्कालाई सर्वसम्मत चयन गरेको छ।

">