काठमाडौं। देशभर सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मनसुनको न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालभन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै भारतको छत्तीसगढ राज्य तथा आसपासको क्षेत्रमा न्यून चापीय प्रणाली अवस्थित रहनुका साथै उक्त प्रणाली विस्तारै पश्चिम-उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने विभागले जनाएको छ।
आगामी २४ घण्टा बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले ती स्थानहरू भएर बहने साना-ठूला नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन हुन अनुरोध छ।
" /> काठमाडौं। देशभर सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मनसुनको न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालभन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै भारतको छत्तीसगढ राज्य तथा आसपासको क्षेत्रमा न्यून चापीय प्रणाली अवस्थित रहनुका साथै उक्त प्रणाली विस्तारै पश्चिम-उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने विभागले जनाएको छ।

">