काठमाडौं, कास्कीको पोखरा महानगरपालिका-११ तुलसीमार्ग बस्ने २७ वर्षीय विशाल घमाल विकलाई अवैध लागूऔषध गाँजा, चरेश र टामासहित पक्राउ परेका छन्।
प्रहरीले उनको साथबाट करिब तीन किलो चार सय ग्राम गाँजा,तीन सय ग्राम चरेश र नियन्त्रित लागूऔषध तीन सय ट्यावलेट टामा बरामद गरेको छ।
विशालले आफू सुत्ने कोठामा लागूऔषध लुकाइ छिपाई राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कर्याालय रामबजारबाट प्रहरी टोली उनको कोठामा गएको थियो।
टोलीले कोठामा खानतलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेपछि उनलाई बिहीबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस्तै, धनुषाको कमला नगरपालिका-२ माची बस्ने २० वर्षीय गोविन्द मण्डललाई नौं सय ट्याबलेट नियन्त्रित लागूऔषध नाइट्राभेटसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
विदेह नगरपालिका–१ महिनाथपुरमा इलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी ठडीझिंजाबाट खटिएको प्रहरीले भारतबाट पैदल लुकीछिपी आइरहेका मण्डललाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
यसैबीच, कैलालीको टीकापुर नगरपालिका-७ दैजी बस्ने १८ वर्षीय किशोरलाई एक सय ४८ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेटसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले सोही स्थानबाट पैदल हिँडिरहेको अवस्थामा शंका लागि जाँच गर्दा बुढालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेकाहरूबिरुद्ध अनुसन्धान थालेको छ।
" /> काठमाडौं, कास्कीको पोखरा महानगरपालिका-११ तुलसीमार्ग बस्ने २७ वर्षीय विशाल घमाल विकलाई अवैध लागूऔषध गाँजा, चरेश र टामासहित पक्राउ परेका छन्।प्रहरीले उनको साथबाट करिब तीन किलो चार सय ग्राम गाँजा,तीन सय ग्राम चरेश र नियन्त्रित लागूऔषध तीन सय ट्यावलेट टामा बरामद गरेको छ।

">