डुबेर दुई जनाको मृत्यु

काठमाडौं। सप्तरीको सुरूङ्गा नगरपालिका-१ मुसहरी टोल बस्ने ५५ वर्षीया दुखनी सदाको पोखरीमा डुबेर मृत्यु भएको छ।

सोही ठाउँमा रहेको सार्वजनिक पोखरीमा नुहाउने क्रममा उनी डुबेकी थिइन्। कनकपुर बजारबाट दाउरा बेचेर घर फर्कने क्रममा उनी नुहाउन गएकी थिइन्।

नुहाउँदा डुबेकी उनी पोखरीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस्तै, सर्लाहीको बरहथवा नगरपालिका-९ मुर्तियास्थित पानी जमेको खाल्डोमा डुबेर सोही नगरपालिका-१० सीतापुर घर भएकी १९ वर्षीया पुनम महतोको बिहीबार मृत्यु भएको छ।

मुर्तियास्थित हजुरआमाको घरमा बस्दै आएकी उनको डुबेको अवस्थामा शव फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्