पसलबाट नगद र सामान चोरी
<p>काठमाडौं। सर्लाहीको ईश्वरपुर नगरपालिका-१ चौलिखा बस्ने ४२ वर्षीय कहिम अन्सारीको कपडा पसल र उनका भाइ २४ वर्षीय सहिम अन्सारीको कस्मेटिक पसलबाट ५ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमाल चोरी भएको छ ।</p>
<p>कपडा पसलबाट नगद र सामान गरी करिब ३ लाख रूपैयाँ र कस्मेटिक पसलबाट नगद र सामान गरी करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको हो ।</p>
<p>चोरीमा संलग्न रहेकाको प्रहरीले खोजी रहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
