मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं। मोरङको सुन्दरहरैंचा नगरपालिका-६ मा मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ।

ना.२९ प ६९५२ नम्बरको मोटरसाइकलले बिहीबार बिहान साइकलमा सवार ४५ वर्षीय डम्बरबहादुर श्रेष्ठको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

साइकलका चालक सोही स्थानका २८ वर्षीय नवराज बराइलीको सोही अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ।

मोटरसाइकल चालक बाराको सिमरा नगरपालिका-८ बस्ने ४५ वर्षीय राजकुमार पुलामी, मोटरसाइकल र साइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्