१५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ <p>काठमाडौं। मुस्ताङमा १५ वर्षीया बालिकालाई फकाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ पक्राउ परेका छन्।</p> <p>रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका-९ घर भएका २७ वर्षीय टेकप्रसाद सुनारलाई प्रहरीले पक्राउ गरेको छ। उनी बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ बस्दै आएका थिए।</p> <p>सुनारले ती बालिकालाई मङ्गलबार फकाएर जबर्जस्ती करणी गरेको प्रहरीमा उजुरी परेको थियो। उक्त उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङ र इलाका प्रहरी कार्यालय मुक्तिनाथबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्