काठमाडौं। अमेरिकाको किनोशामा प्रहरीको गोलीबाट एक अश्वेत युवक जेकब ब्लेक घाइते भएको घटना अझै साम्य हुन सकेको छैन। घटनाको विरोधमा तीन दिनदेखि जारी प्रदर्शनकै क्रममा दुई व्यक्तिको हत्या भएको छ। जसको आरोपमा त्यहाँको प्रहरीले एक १७ वर्षीय युवकलाई पक्राउ भने गरिसकेको छ।
किनोशाबाट करिब २५ किलोमिटर टाढाको इलोनोइज राज्यको एन्टिओजका ती १७ वर्षीय युवक काइल रिटेनहाउजलाई प्रदर्शनकारीमाथि गोली चलाएको आरोप छ। प्रहरीको समर्थक बताउने ती युवकले भीडमा छिरेर प्रदर्शनकारीमाथि गोली चलाएका थिए। उनले चलाएको गोलीबाट दुई जनाको मृत्यु हुनुका साथै अरु एक व्यक्ति घाइते भएको बताइएको छ।
अर्ध–स्वचालित राइफल लिएर प्रदर्शनस्थलमा पुगेका काइल रिटेनहाउजले आफूले चलाएको गोली लागेर कुनै व्यक्तिको मृत्यु भएको हुन सक्ने स्वीकार गरेका छन्।
विस्कन्सनका गभर्नर टोनी एभर्सले तीनदिनदेखि जारी हिंसा नियन्त्रणमा ल्याउन किनोशामा ५०० जना राष्ट्रिय सुरक्षा गार्ड परिचालन गर्न आदेश दिएका छन्। मिल्वाकी र सिकागोको बीचमा अवस्थित करिब एक लाख जनसंख्या रहेको सानो शहर किनोशाको हिंसा नियन्त्रण गर्न अरु राज्यबाट पनि सैनिक थप गर्न विचारविमर्श भइरहेको गभर्नर एभर्सले बताएका छन्।
अधिकारीहरुले साँझ ७ बजेदेखि कर्फ्यू आदेश जारी गरेका छन्। प्रदर्शनकारीहरुले बुधबार पनि कर्फ्यू उल्लंघन गरेका थिए।
स्थानीय रिपब्लीकन र डेमोक्र्याट पार्टीका नेता, समाजसेवी र राज्यका पदाधिकारीहरुले हिंसात्मक प्रदर्शनहरु रोक्न स्थानीयवासीसँग आग्रह गरेका छन्। गभर्नर एभर्सले यस्ता पीडादायी घटना पुनः नदोहोरिने स्थिति निर्माण गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन्।
वासिङ्टनको न्याय विभागले संघीय जाँच ब्यूरोका २०० भन्दा बढी संघीय सदस्यहरुलाई किनोशा पठाउन लागिएको जनाएको छ। साथै दुई हजार नेसनल गार्डका सदस्यलाई किनोशामा तैनाथ गरिने ह्वाइट हाउसले बताएको छ।
गत आइतबार प्रहरीले एक निहत्था अश्वेत २९ वर्षीय जेकब ब्लेकलाई उनका तीन बालबच्चाकै सामुन्ने सात राउन्ड गोली प्रहार गरेको थियो। उक्त घटना भएको तीन दिनपछि बुधबार गोली चलाउने प्रहरी अधिकारीको पहिचान प्रहरी विभागले सार्वजनिक गरेको छ। रस्टेन सेस्की नामका ती प्रहरी अधिकारीले चलाएको गोली लागेर सख्त घाइते भएका ब्लेकको अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
गोली चलाउने क्रममा प्रहरीले ब्लेकलाई आफूसँग भएको हतियार फाल भन्दै जोडजोडले कराएको सुनिएको प्रत्यक्षदर्शीले बताएका छन्। तर राज्यका अधिकारीहरुले ब्लेकको साथमा चक्कु रहेपनि उनले कसैमाथि आक्रमणको प्रयास समेत नगरेको बताएका छन्।
" /> काठमाडौं। अमेरिकाको किनोशामा प्रहरीको गोलीबाट एक अश्वेत युवक जेकब ब्लेक घाइते भएको घटना अझै साम्य हुन सकेको छैन। घटनाको विरोधमा तीन दिनदेखि जारी प्रदर्शनकै क्रममा दुई व्यक्तिको हत्या भएको छ। जसको आरोपमा त्यहाँको प्रहरीले एक १७ वर्षीय युवकलाई पक्राउ भने गरिसकेको छ।

">