काठमाडौं।  न्युजिल्याण्डका दुईवटा मस्जिदमा गोली चलाएर त्यहाँ प्रार्थनारत ५१ जनाको हत्यामा दोषी ठहर गरिएका व्यक्तिलाई जन्मकैदको सजाय दिइएको छ ।
न्यायाधीश क्यामरुन म्यान्डरको इजलासले अस्ट्रेलियाका २९ वर्षीय बन्दुकधारी ब्रेन्टोन ह्यारिसन टारान्तमाथि न्युजिल्याण्डको कानून बमोजिम व्यक्तिहत्याका दोषीमाथि हुने सबैभन्दा बढी सजाय सुनाएका छन्।
फैसला सुनाउँदै न्यायाधीश म्यान्डरले भने, “तिम्रा कार्यहरू अमानवीय थिए। तिमीले तीन वर्षका शिशुलाई पनि जानीबुझी हत्या गरेका थियौ।”
मार्च २०१९ मा अल नूर र लिनउड नामका दुई मस्जिदमा प्रार्थनाका लागि भेला भएका मुस्लिम समुदायमाथि लक्षित गरी टारान्टले अन्धाधुन्ध गोली चलाएका थिए। आक्रमणकारी टारान्टले मस्जिदभित्र गरेको नरसंहारको फेसबुकबाट प्रत्यक्ष प्रसारण पनि गरेका थिए।
सरकारले उक्त घटना लगत्तै एक कानून पारित गरी अर्ध-स्वचालित हातहतियार व्यक्तिले घरमा राख्न वा बोक्न नपाउने गरी प्रतिबन्धको घोषणा गरेको थियो ।
चारदिनसम्म चलेको सुनुवाईका क्रममा ९० जना पीडित र उनीहरुका परिवारजनले उक्त घटनाको स्मरण गरेका थिए। अदालत बाहिर भेला भएका उनीहरूले टारान्ट शैतान रहेको बताएका थिए। कतिपयले कुरान पाठ गरेका थिए।
टारान्टले न्यायाधीश समक्ष आफूले केही नबोल्ने बताएका थिए। आफ्ना वकील समेत हटाएका टारान्टले आफू विरुद्ध सुनाइएको सजाय स्वीकार्य रहेको बताएका थिए। उनले आक्रमणप्रति कुनै पश्‍चाताप नगरेको पनि बताइएको छ।
रासस/एपी
" /> काठमाडौं।  न्युजिल्याण्डका दुईवटा मस्जिदमा गोली चलाएर त्यहाँ प्रार्थनारत ५१ जनाको हत्यामा दोषी ठहर गरिएका व्यक्तिलाई जन्मकैदको सजाय दिइएको छ ।
न्यायाधीश क्यामरुन म्यान्डरको इजलासले अस्ट्रेलियाका २९ वर्षीय बन्दुकधारी ब्रेन्टोन ह्यारिसन टारान्तमाथि न्युजिल्याण्डको कानून बमोजिम व्यक्तिहत्याका दोषीमाथि हुने सबैभन्दा बढी सजाय सुनाएका छन्।
फैसला सुनाउँदै न्यायाधीश म्यान्डरले भने, “तिम्रा कार्यहरू अमानवीय थिए। तिमीले तीन वर्षका शिशुलाई पनि जानीबुझी हत्या गरेका थियौ।”
मार्च २०१९ मा अल नूर र लिनउड नामका दुई मस्जिदमा प्रार्थनाका लागि भेला भएका मुस्लिम समुदायमाथि लक्षित गरी टारान्टले अन्धाधुन्ध गोली चलाएका थिए। आक्रमणकारी टारान्टले मस्जिदभित्र गरेको नरसंहारको फेसबुकबाट प्रत्यक्ष प्रसारण पनि गरेका थिए।
सरकारले उक्त घटना लगत्तै एक कानून पारित गरी अर्ध-स्वचालित हातहतियार व्यक्तिले घरमा राख्न वा बोक्न नपाउने गरी प्रतिबन्धको घोषणा गरेको थियो ।
चारदिनसम्म चलेको सुनुवाईका क्रममा ९० जना पीडित र उनीहरुका परिवारजनले उक्त घटनाको स्मरण गरेका थिए। अदालत बाहिर भेला भएका उनीहरूले टारान्ट शैतान रहेको बताएका थिए। कतिपयले कुरान पाठ गरेका थिए।
टारान्टले न्यायाधीश समक्ष आफूले केही नबोल्ने बताएका थिए। आफ्ना वकील समेत हटाएका टारान्टले आफू विरुद्ध सुनाइएको सजाय स्वीकार्य रहेको बताएका थिए। उनले आक्रमणप्रति कुनै पश्‍चाताप नगरेको पनि बताइएको छ।
रासस/एपी
"> न्युजिल्याण्डको मस्जिदमा प्रार्थनारत ५१ जनाको हत्यारालाई जन्मकैद : Dekhapadhi २०१९ मार्चमा दुई वटा मस्जिदमा मुस्लिम समुदायमाथि लक्षित गरी २९ वर्षीय एक युवकले गोलीबारी गरेका थिए।
• अदालतमा सुनुवाईको क्रममा न्यायाधीशसमक्ष ती युवकले घटनाबारे केही नबोल्ने बताएका छन्।
न्युजिल्याण्डको मस्जिदमा प्रार्थनारत ५१ जनाको हत्यारालाई जन्मकैद
काठमाडौं।  न्युजिल्याण्डका दुईवटा मस्जिदमा गोली चलाएर त्यहाँ प्रार्थनारत ५१ जनाको हत्यामा दोषी ठहर गरिएका व्यक्तिलाई जन्मकैदको सजाय दिइएको छ ।
न्यायाधीश क्यामरुन म्यान्डरको इजलासले अस्ट्रेलियाका २९ वर्षीय बन्दुकधारी ब्रेन्टोन ह्यारिसन टारान्तमाथि न्युजिल्याण्डको कानून बमोजिम व्यक्तिहत्याका दोषीमाथि हुने सबैभन्दा बढी सजाय सुनाएका छन्।
फैसला सुनाउँदै न्यायाधीश म्यान्डरले भने, “तिम्रा कार्यहरू अमानवीय थिए। तिमीले तीन वर्षका शिशुलाई पनि जानीबुझी हत्या गरेका थियौ।”
मार्च २०१९ मा अल नूर र लिनउड नामका दुई मस्जिदमा प्रार्थनाका लागि भेला भएका मुस्लिम समुदायमाथि लक्षित गरी टारान्टले अन्धाधुन्ध गोली चलाएका थिए। आक्रमणकारी टारान्टले मस्जिदभित्र गरेको नरसंहारको फेसबुकबाट प्रत्यक्ष प्रसारण पनि गरेका थिए।
सरकारले उक्त घटना लगत्तै एक कानून पारित गरी अर्ध-स्वचालित हातहतियार व्यक्तिले घरमा राख्न वा बोक्न नपाउने गरी प्रतिबन्धको घोषणा गरेको थियो ।
चारदिनसम्म चलेको सुनुवाईका क्रममा ९० जना पीडित र उनीहरुका परिवारजनले उक्त घटनाको स्मरण गरेका थिए। अदालत बाहिर भेला भएका उनीहरूले टारान्ट शैतान रहेको बताएका थिए। कतिपयले कुरान पाठ गरेका थिए।
रासस/एपी
प्रतिक्रिया दिनुहोस्