काठमाडौं। लकडाउनको चार महीनामा देशभर दुई हजार दुई सय १८ जनाले आत्महत्या गरेका छन्।
त्यसमा एक हजार एक सय ७२ जना पुरुष, ८ सय ११ जना महिला, एक सय ४१ जना बालिका र ९४ जना बालकले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ।
धेरैजसो प्रदेश ५ मा ४२९ जनाले आत्महत्या गरेका छन्।
बन्दाबन्दी भएको २०७६ चैत ११ देखि साउन ४ गतेसम्म २३४ जना पुरुष, १५७ जना महिला, २६ जना बालिका र १२ जना बालकले आत्महत्या गरेको प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले बताए।
त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र विभाग प्रमुख डा.युवराज लुईंटेल सामाजिक तथा पारिवारिक कारण निराश महशुस भएर व्यक्तिले आत्महत्या गर्ने बताउँछन्।
त्यस्तै अधिकांशले जीवनमा निराशा पैदा भई भविश्य अँध्यारो देखी क्षणिक आवेगमा आएर आत्महत्या गर्ने मनोविद्हरूले बताएका छन्।
" /> काठमाडौं। लकडाउनको चार महीनामा देशभर दुई हजार दुई सय १८ जनाले आत्महत्या गरेका छन्।त्यसमा एक हजार एक सय ७२ जना पुरुष, ८ सय ११ जना महिला, एक सय ४१ जना बालिका र ९४ जना बालकले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ।

">