बारा। मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ।
बिहान ९ बजे महागढीमाई नगरपालिका– २ भूतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल पल्टिँदा चालक रौतहट जिल्ला निवासी ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको डीएसपी गौतम मिश्रले बताए।
गम्भीर घाइते भई उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको बताइएको छ। मोटरसाइकल भने प्रहरी चौकी बरियापुरमा राखिएको छ। रासस
" /> बारा। मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ।बिहान ९ बजे महागढीमाई नगरपालिका– २ भूतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल पल्टिँदा चालक रौतहट जिल्ला निवासी ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको डीएसपी गौतम मिश्रले बताए।
गम्भीर घाइते भई उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको बताइएको छ। मोटरसाइकल भने प्रहरी चौकी बरियापुरमा राखिएको छ। रासस
">