काठमाडौं। रौतहट प्रहरीको हिरासतमा रहँदा बिरामी परेका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा १९ वर्षीय विजय राम रहेका छन्। उनको गएराति नेशनल मेडिकल कलेज वीरगञ्जमा मृत्यु भएको हो। उनी १ भदाैमा स्थानीय निरञ्जन रामको हत्या आरोपमा पक्राउ परेका थिए।
प्रहरी हिरासतमा रहँदा विजयलाई पेट दुखेको, पखाला लागेको र पिसाबमा पनि समस्या देखिएको रौतहट प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) भरत श्रेष्ठले बताए। उनले स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेश्नल मेडिकल कलेज वीरगञ्जमा भर्ना गर्दा चिकित्सकले दुवै मिर्गौलाले काम नगरेको भनेको देखापढीलाई बताए।

तर, प्रहरीले चिकित्सकलाई उदृत गर्दै मिर्गौलामा समस्या देखिएको र मृत्युवरण गरेको दाबी गरेपनि मृतक विजयका आफन्तले भने पत्याएका छैनन्। आफन्त समेत रहेका स्थानीय युवा अगुवा मनोज रामले प्रहरीको कुटपिट र यातनाले विजयको मृत्यु भएको आरोप लगाएका छन्।
“कुटपिट नभए जीउमा घाउ कहाँदेखि आयो ? निलडाम कसरी आयो ? प्रहरीले नियन्त्रणमा लिनुभन्दा पहिले उनको अवस्था ठीक थिएन ?” आक्रोशित हुँदै मनोजले भने, “उनलाई निरन्जन हत्याको जिम्मा लिन प्रहरीले भनेको र नमानेपछि फलामको रड र बुटले कुटेको र करेन्ट लगाइ बेहोस बनाएपछि गरुडा अस्पताल लगेको रहेछ र त्यहाँदेखि नेश्नल मेडिकल कलेज लगिएको रहेछ।”

उनले विजयका परिवार र आफन्त कसैलाई पनि विजय बिरामी परेको थाहा नदिइ उपचारमा प्रहरीले लगेको बताए। उनले घटनाबारे निष्पक्ष छानबिनको माग गरेका छन्। मेडिकल कलेज वीरगञ्जका अनुसार विजयको मङ्गलबार (भदौ ९) गते दुवै मिर्गौलाको डायलाइसिस गरिएको थियो। तर, बुधबार दिउँसोदेखि स्वास्थ्य स्थिति बिग्रियो। र, राति १२ बजेर ३५ मिनेटमा मृत्यु भएको थियो।
विजयलाई उपचारका लागि भदौ चार गते अस्पताल लगिएको थियो।
" /> काठमाडौं। रौतहट प्रहरीको हिरासतमा रहँदा बिरामी परेका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा १९ वर्षीय विजय राम रहेका छन्। उनको गएराति नेशनल मेडिकल कलेज वीरगञ्जमा मृत्यु भएको हो। उनी १ भदाैमा स्थानीय निरञ्जन रामको हत्या आरोपमा पक्राउ परेका थिए।प्रहरी हिरासतमा रहँदा विजयलाई पेट दुखेको, पखाला लागेको र पिसाबमा पनि समस्या देखिएको रौतहट प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) भरत श्रेष्ठले बताए। उनले स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेश्नल मेडिकल कलेज वीरगञ्जमा भर्ना गर्दा चिकित्सकले दुवै मिर्गौलाले काम नगरेको भनेको देखापढीलाई बताए।

">