काठमाडौं। कोरोना महामारीले सडक बालबालिकाको संख्या समेत बढेको भन्दै दक्षिण एशियाली स्तरको एक वेभिनारमा सहभागीले चिन्ता व्यक्त गरेका छन्।
महिला तथा बालबालिकामन्त्री पार्वत गुरुङले कोभिड-१९ का कारण सडक बालबालिकामुक्त घोषणा गर्ने सरकारको कार्यक्रम नै प्रभावित भएको बताए ।
सरकराले आर्थिक वर्ष ०७३/७४ मै भनेको थियो, ‘बालबालिका सडकमा बस्नुपदैन, सडकमा बस्न हुदैन ।’ तर, त्यसयता पनि सडक बालबालिकाको संख्या ओरालो लागेको छैन।
राष्ट्रिय बालअधिकार परिषद्का अनुसार कोरोना कहरपछि सडक बालबालिकाको संख्या झनै बढेर जाने देखिएको छ। पछिल्ला पाँच महीनामा मात्रै परिषद्ले ७९ जना सडक बालबालिकाको उद्धार गरेको छ।
मजदुरी गर्ने, ज्यामी काम गर्ने लगायत सानो व्यवसाय गर्नेका छोराछोरीहरू सहित लुकेर/भागेर बस्ने गरेका बालबालिकाहरू भोकै परेपछि सडकमा देखिन थालेका परिषद्ले जनाएको छ। यो अवधिमा ४० जनालाई पुनर्मिलन गराइएको छ।
आर्थिक वर्ष ७६/७७ मा ४६५ बालबालिकाको सडकबाट उद्धार भएको छ भने ११७ जना बालबालिकालाई दोश्रो पटक उद्धार गरिएको छ। ७५/७६ मा १३८ र ७४/७५ मा १८० जनालाई उद्धार गरिएको थियो।
देशभर ३५९ वटा बालगृह छन् । परिषद्ले कोभिड अवधिमा लक्षित १५ वटा बालगृहलाई खाद्यान्न, मास्क, स्यानिटाइजर लगायत सामाग्री कार्यकारी निर्देशक मिलन धरेलका अनुसार कोभिडकै अवधिमा छ वटा बाल गृहबाट ५५ जना बालबालिकालाई उद्धार गरी पुनर्मिलन गराइएको छ।
बन्दाबन्दीमा भारतमा अलपत्र परेका २६ जना नेपाली बालबालिकाको समेत त्यहाँस्थित बाल संरक्षण संस्थासँग समन्वय गरी उद्धार गरिएको छ।
" /> काठमाडौं। कोरोना महामारीले सडक बालबालिकाको संख्या समेत बढेको भन्दै दक्षिण एशियाली स्तरको एक वेभिनारमा सहभागीले चिन्ता व्यक्त गरेका छन्।महिला तथा बालबालिकामन्त्री पार्वत गुरुङले कोभिड-१९ का कारण सडक बालबालिकामुक्त घोषणा गर्ने सरकारको कार्यक्रम नै प्रभावित भएको बताए ।

">