कैलाली। कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
पुनर्वास नगरपालिका-११ अमरबस्तीमा हिजो साँझ परेको चट्याङ लागेर सोही ठाउँका २७ वर्षीय गणेश सिंहको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक अमर वहादुर थापाले बताए।
चट्याङ लागेर सोही ठाउँका ३० वर्षीय लालबहादुर बोगटी, १६ वर्षीया भावना भुल र ३७ वर्षीया पशुपति सार्की भाइते भएको डीएसपी थापाले बताए। उनले घाइतेको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको बताए।
गतहप्ता मात्रै कञ्चचनपुरमै चट्याङ लागेर एकजनाको मृत्यु भएको थियो।
" /> कैलाली। कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।पुनर्वास नगरपालिका-११ अमरबस्तीमा हिजो साँझ परेको चट्याङ लागेर सोही ठाउँका २७ वर्षीय गणेश सिंहको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक अमर वहादुर थापाले बताए।

">