काठमाडौं। अमेरिकामा एक टेलिभिजन प्रस्तोताले भुलबस राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘उल्लु’ भनिदिइन्। उनको उद्देश्य ट्रम्पको प्रशंसा गर्नु रहेको थियो। तर, हिन्दीमा कुरा उल्टो हुन गयो।
रिपोर्ट्स अनुसार टमी लेहरनले मंगलबार एउटा भिडिओ रेकर्ड गरेर सोसल मिडियामा हालिन्। त्यसमा उनले उखानलाई हिन्दीमा अनुवाद गरेर भनिन्, ‘‘राष्ट्रपति ट्रम्प आउल (उल्लु)जस्तै चलाख छन्, यसको हिन्दीमा अनुवाद गर्दा उल्लुजस्तो बाठो हुन गयो।’’ अहिले उनले उक्त भिडिओ हटाएकी हुनसक्छ। उनले यसबारे केही बोलेकी पनि छैनन्।
बीबीसीले लेहरेनसँग प्रतिक्रियाका लागि सम्पर्क गरेको थियो। सोसल मिडियामा थुप्रै सेयर भएको यो भिडिओ हेरेर प्रयोगकर्ताले खुबै मज्जा लिए। हिन्दु धर्ममा उल्लुलाई धनसम्पत्तिकी देवी लक्ष्मीको सवारी मानिन्छ। कतिपय त यो पक्षीलाई पवित्रतासँग जोडेर पनि हेर्छन्। बुद्धिमत्ता र चलाखको प्रतीक उल्लुलाई आममानिस भने कसैलाई मूर्खको उपाधि दिनुपर्दा यसको प्रयोग गर्छन्।
लेहरेन एक पुरातनपन्थी राजनीतिक टिप्पणीकार हुन्। २०१६ को निर्वाचनमा आफ्नो अनलाइनमा उनले गरेको टिप्पणीका कारण चर्चामा रहिन्। फेसबुकमा उनका फलोअर्स लाखौं छन् भने उनको भिडिओ भाइरल हुने गर्छ। उनको ताजा भिडिओमा अमेरिकामा बस्दै आएका भारतीय डायस्पोरालाई ट्रम्पको ‘मेक अमेरिका ग्रेट एगेन’ एजेन्डालाई समर्थन गरेकोमा आभार व्यक्त गरिएको छ।
लेहरेनले यो भिडिओ बनाउनुको अर्थ भारतीयले अमेरिकीलाई प्रभाव पार्नु रहेको बताइन्छ। अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति निर्वाचन हुँदैछ। भारतीय मूलका करीब ४५ लाख मतदाता अमेरिकामा बस्छन्। (बीबीसी)
" /> काठमाडौं। अमेरिकामा एक टेलिभिजन प्रस्तोताले भुलबस राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘उल्लु’ भनिदिइन्। उनको उद्देश्य ट्रम्पको प्रशंसा गर्नु रहेको थियो। तर, हिन्दीमा कुरा उल्टो हुन गयो।रिपोर्ट्स अनुसार टमी लेहरनले मंगलबार एउटा भिडिओ रेकर्ड गरेर सोसल मिडियामा हालिन्। त्यसमा उनले उखानलाई हिन्दीमा अनुवाद गरेर भनिन्, ‘‘राष्ट्रपति ट्रम्प आउल (उल्लु)जस्तै चलाख छन्, यसको हिन्दीमा अनुवाद गर्दा उल्लुजस्तो बाठो हुन गयो।’’ अहिले उनले उक्त भिडिओ हटाएकी हुनसक्छ। उनले यसबारे केही बोलेकी पनि छैनन्।

">