करेन्ट लागेर एकजनाकाे मृत्यु <p>राैतहट। रौतहट बौधीमाई नगरपालिका-९, सरमुजवा बस्ने ३२ वर्षीय रुपनारायण दासको बुधबार करेन्ट लागेर मृत्यु भएको छ।</p> <p>बाराको सिम्रौनगढ नगरपालिका-८, कचोर्वा टोल बस्ने रामईश्वर साह कलवारको घर बनाउने काम गर्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको हो।</p> <p>करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कंकाली पोली क्लिनिक सिम्रौनगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।</p> <p>यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्