काठमाडौं। भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी ‘डिप कोमा’ मा रहेको उनी उपचाररत भारतीय सैनिक अस्पतालले जनाएको छ। नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी गराएको हो।
आर्मी अस्पतालले पूर्व राष्ट्रपतिको मेडिकल बुलेटिन जारी गर्दै हिजोदेखि उनको किड्नीको कार्यप्रणाली पनि केही अव्यवस्थित भएको जनाएको छ। र,यसको उपचार भइरहेको छ। मुखर्जी डिप कोमाबाट बाहिर आउन सकेका छैनन्। ८४ वर्षीय मुखर्जीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ।
गत अगष्ट १० मा मुखर्जीको मष्तिष्कको शल्यक्रिया गरिएको थियो। पछि उनलाई कोरोना भाइरसको सङ्क्रमण पनि देखिएको थियो।
" /> काठमाडौं। भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी ‘डिप कोमा’ मा रहेको उनी उपचाररत भारतीय सैनिक अस्पतालले जनाएको छ। नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी गराएको हो।

">