डा. गोविन्द केसी अस्पताल भर्ना
कैलाली। प्राध्यापक डा. गोविन्द केसी धनगढीस्थित सेती प्राविधिक अस्पतालमा भर्ना भएका छन्।

डडेल्धुरामा बसेको १७औं अनशन नवौं दिनमा स्थगित गरेर तराई झरेका डा. केसी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका हुन्।

डडेल्धुराबाट आज साँझ साढे सात बजे धनगढी पुगेका उनलाई जाँच गरेपछि चिकित्सकहरूले उपचारका लागि अस्पतालमै बस्न सुझाव दिएका छन्।

अस्पतालकौ शैय्याबाटै डा. केसीले राष्ट्रियतासँग जोडिएको कालापानी र लिम्पियाधुरा अतिक्रमणको मुद्दाका कारण अनशन स्थगित गरेपनि आफ्ना माग पुरा नभए पुनः अनशन बस्ने चेतावनी दिए।

उनले जनताको स्वास्थ्यसँग जोडिएका मुद्दालाई गम्भीरतापूर्वक लिई आफूसँग गरेका प्रतिवद्धता कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे।

डा. केसीको उपचारमा संलग्न सेती प्रादेशिक अस्पतालका डा. निराजनदत्त शर्मा पौड्यालले उनलाई आरामको आवश्यकता रहेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्