ट्रयाक्टरको ट्रली पल्टिँदा एकजनाको मृत्यु, पाँचजना घाइते <p>दार्चुला।&nbsp;मार्मा गाउँपालिका-१, लिस्नास्थित सडकमा लु&nbsp;१ त ४०४७ नम्बरको ट्रयाक्टरको ट्रली सडकमा पल्टिएर बुधबार बिहान दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सोही गाउँपालिका-६ बस्ने ४० वर्षीय गणेशसिंह धामीको घटस्थलमै मृत्यु भएको छ।</p> <p>दुर्घटनामा घाइते भएका अन्य पाँचजनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाइएको छ।</p> <p>ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्