प्रदेश नम्बर-२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव त्यतिबेला अचम्मित परे, जतिबेला झोलामा भएको डेढ लाख रूपैयाँ पैसा थिएन। सँगै, दुई वटा मोबाइल पनि हरायो।
ललितपुरको इमाडोलस्थित घरमा राखेको झोला रित्तै थियो। घटना ३ भदौको हो। झोलामा भएको पैसा र मोबाइल चोरी भएपछि मन्त्री यादव प्रहरीकहाँ पुगे। प्रहरीले खोजतलास गरिरहेका छन्।
तर, हालसम्म कसले चोरी गर्यो ? भन्ने प्रहरीले फेला पार्न सकेको छैन। प्रहरीले भने झ्यालबाट पसेर बरन्डाबाट हाम फाली चोर भागेको हुन सक्ने अनुमान गरेको छ।
यो घटना चोरीमा संलग्नले उच्च ओहोदामा रहेका रहेकालाई पनि बाँकी राख्दैनन् भन्ने उदाहरण बनेको छ।
०००
मकवानपुरकी २६ वर्षीया रोशनी मोक्तानको बालाजुमा रहेको डेरा कोठाबाट २२ हजार नगद र एक लाख ७८ हजार रूपैयाँ बराबरको सुन गरी दुई लाखको धनमाल चोरी भएको छ।
चोरी गत बुधबार भएको हो। उनले आफ्नो धनमाल चोरी भएको भन्दै प्रहरीलाई थाहा त दिइन् तर, कसले चोरी गर्यो फेला पार्न प्रहरीले सकेको छैन।
दुःखले जोडेको धनमाल चोरी भएपछि उनी दुःखी छिन्।
०००
बझाङ घर भइ बालाजुमै कोठा लिएर बसेका २४ वर्षीय हर्क धामीको ७५ हजार रूपैयाँ चोरी भएको छ। आफू नभएको बेला भए भरको पैसा चोरी भएको उनले बताए।
चोरी भएपछि उनी पनि गत बुधबार प्रहरीकहाँ त पुगे। तर, चोरीमा संलग्नको पहिचान नै भएको छैन।
०००
यी त भए काठमाडौं उपत्यकामा भएका चोरीका केही प्रतिनिधिमुलक घटना। काठमाडौंसहित देशभर चोरीका घटना साउन महीनामा ह्वात्तै बढेको प्रहरीको तथ्यांक छ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार बन्दाबन्दी भएको गत चैतको ११ देखि साउन ३ गतेसम्म देशभर चोरीका घटना ३१३ वटा भए। यो करिब चार महीनाको चोरी घटनाको तथ्याङ्क हो।
तर, साउनमा मात्रै देशभर चोरीका घटना २१६ वटा भयो। अथवा, चोरीका घटनाको ग्राफ अकल्पनीय ढङ्गले उकालो लागेको देखिएको छ।
धेरैजसो चाहिँ साधारण चोरीका घटना भएका छन्। जसअन्तर्गत धनमाल र नगद चोरी पर्दछ। प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले साउन महीनामा प्रदेश २ मा ४८, काठमाडौंमा उपत्यकामा ४८, प्रदेश ५ मा २६, सुदूरपश्चिम प्रदेशमा २४, बागमती प्रदेशमा २२, प्रदेश १ मा २२, गण्डकी प्रदेशमा १८ तथा कर्णाली प्रदेशमा ८ वटा चोरी घटना भएको बताए।
जसअन्तर्गत साधारण चोरीका १८२, सवारी चोरी १३, नकाबजनी चोरी ११, डाका चोरी ८ र चौपाय चोरीका घटना दुई वटा भए।
“चोरले चोर्नु पहिले कुन घरमा चोर्ने निर्क्यौल गर्छन्, त्यसपछि त्यस घरको दिन र रात दुवै समयमा रेक्की गर्छन्, जहाँ कतिबेला मानिस हुँदैन, अथवा कतिबेला सुति सक्छन् ? र, चोरेर कता फरार हुने यी सबै कुरा रेक्कीको क्रममा विश्लेषण गर्छन्।”
जबकी, बन्दाबन्दी भएको चैत ११ गतेदेखि साउन ३ गते अर्थात् करिब चार महीनामा काठमाडौं उपत्यकामा ८३ वटा चोरीका घटना भएका थिए। त्यसपछि प्रदेश २ मा ६४, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा ३३, प्रदेश १ मा २९, सुदूरपश्चिम प्रदेशमा २४, प्रदेश ५ मा २३ र कर्णाली प्रदेशमा १२ वटा चोरीका घटना भएका थिए।
जसअन्तर्गत साधारण चोरीका घटना २३८ हुँदा ३६ वटा डाका चोरी, २५ वटा सवारी चोरी १२ वटा नकबजनी चोरी दुई वटा चौपाय चोरी भएका थिए।
यसरी बन्दाबन्दीपछि (चैत ११ देखि साउन ३ गतेसम्म) को चोरी घटनाको तुलनामा साउन महिनामा चोरीका घटना किन डरलाग्दो गरी बढ्यो ? सुरक्षा मामिलाका जानकारहरू सहज जवाफ दिन्छन् “पहिले कमाएको पैसा लामो समयदेखिको बन्दाबन्दीमा सकिएको अवस्था छ, मजदुरी गरी कमाइ खाने स्थिति छैन र यस्तो अवस्थामा बाँच्नकै लागि समस्याग्रस्त मानिसहरू चोरीमा संलग्न हुन्छन्।”
चोरीका कयौं घटनाको सफल अनुसन्धान गरेका नेपाल प्रहरीका पूर्वप्रहरी उपरीक्षक (एसपी) राम लगन यादव बैंकमा जम्मा गरेको पैसा घरमा मानिसहरूले ल्याएका कारण चोरीका घटना बढी भएको बताउँछन्।
एकातिर कोरोना महामारीका कारण आर्थिक गतिविधि ठप्प हुँदा निम्न वर्गका मानिसहरूलाई बाँच्नै मुस्किल परिरहेको र घरघरमा पैसा भएपछि चोरीका घटना बढी हुनु अस्वाभाविक नभएको उनको भनाइ छ।
“हुनतः बन्दाबन्दी र निषेधाज्ञापछि मानिसहरू घरमा त छन्, तर, रातको समयमा चोरी हुने गरेको देखिन्छ”, उनले भने, “मानिसहरूले समस्या पर्न सक्छ भनेर बैंकदेखि घरघरमा पैसा ल्याएका छन्, जसले गर्दा चोरीका घटना बढी भएका हुन्, अझ बढ्न सक्छ।”
चोरी गर्नु निक्कै जोखिमपूर्ण अपराध गर्नु हो। चोरी गर्दागर्दै भेटिए चोरीमा संलग्नको ज्यानै जाने अवस्था हुन्छ। कतिपयले निर्घात कुटपिट गर्छन्। प्रहरीले नियन्त्रणमा लिएर कसूर हेरी कानुनतः कारबाही पनि गर्छ। तर, जोखिमपूर्ण भएपनि चोरी गरेर सुरक्षित हुन सकेको अवस्थामा क्षणिक समयमै आम्दानी नगण्य हुन सक्छ।
कोरोना संक्रमणको महामारीपछि विश्वभर आर्थिक संकट गहिरिँदै गएको छ। रोजगारी गुमाएका मानिसहरूको सङ्ख्या बढ्दो छ। व्यापार-व्यावसाय चौपट छ। मजदूरी गरी खाने वर्गलाई बाँच्नै समस्या पैदा भएको छ। यस्तो अवस्थामा बाँच्नकै लागि चोरी गर्नुपर्ने बाध्यात्मक स्थितिमा मानिसहरू पुगेको बताइत्छ।
चोरी गर्नु निक्कै जोखिमपूर्ण अपराध गर्नु हो। चोरी गर्दागर्दै भेटिए चोरीमा संलग्नको ज्यानै जाने अवस्था हुन्छ। कतिपयले निर्घात कुटपिट गर्छन्। प्रहरीले नियन्त्रणमा लिएर कसूर हेरी कानुनतः कारबाही पनि गर्छ।
तर, जोखिमपूर्ण भएपनि चोरी गरेर सुरक्षित हुन सकेको अवस्थामा क्षणिक समयमै आम्दानी नगण्य हुन सक्छ। जसले गर्दा चोरीमा संलग्नहरू निक्कै सुरक्षित र रणनीतिक ढङ्गले चोर्ने कार्यमा सरिक हुने गरेको पूर्वएसपी यादव बताउँछन्।
उनी भन्छन्, “चोरले चोर्नु पहिले कुन घरमा चोर्ने निर्क्यौल गर्छन्, त्यसपछि त्यस घरको दिन र रात दुवै समयमा रेक्की गर्छन्, जहाँ कतिबेला मानिस हुँदैन, अथवा कतिबेला सुति सक्छन् ? र, चोरेर कता फरार हुने यी सबै कुरा रेक्कीको क्रममा विश्लेषण गर्छन्।”
त्यसपछि मात्रै चोरले चाहेको सामान चोरी गर्ने यादव बताउँछन्। फेरि, चोरले नगद र धनमाल मात्रै चोर्ने गर्छन्। धनमालमध्ये पनि सुन र चाँदी चोरको रोजाइमा पर्ने गर्छ। जुन धनमाल तत्काल बजारमा पैसासँग साटिन्छ।
सम्भावित चोरीका घटनाबाट बच्न अपनाउनुपर्ने पूर्वसावधानीका उपायहरू उनी यसरी सुझाउँछन्।
१) धनमाल र नगद चोरको पहुँज नपुग्ने ठाउँमा राख्ने।
२) घरमा ‘अलर्ट’ गर्ने खालको ‘अर्लराम’ राख्ने।
३) घरको वरिपरी उज्यालो पार्न बत्ति राख्ने।
४) घर आसपास झाडी भए सफा गर्ने।
५) घर छाडेर केही दिन अन्तै जानुपर्ने अवस्था आए नजिकको प्रहरीलाई जानकारी दिने।
६) क्षणिक समय भएपनि घरदेखि निस्किनु पर्ने भए छिमेकीलाई घरमा नौलो मान्छे आए सोधपुछ गर्नु भन्ने।
७) कवाडी संकलन गर्नेहरूबाट चोरीका घटना बढी हुने हुँदा उनीहरूप्रति पनि ध्यान दिने।
८) नयाँ मान्छे टोलतिर आएर क्यारामबोर्ड वा अरु केही खेल खेलेर अल्मलिने गरेको भए सचेतना अपनाउने।
" /> प्रदेश नम्बर-२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव त्यतिबेला अचम्मित परे, जतिबेला झोलामा भएको डेढ लाख रूपैयाँ पैसा थिएन। सँगै, दुई वटा मोबाइल पनि हरायो।ललितपुरको इमाडोलस्थित घरमा राखेको झोला रित्तै थियो। घटना ३ भदौको हो। झोलामा भएको पैसा र मोबाइल चोरी भएपछि मन्त्री यादव प्रहरीकहाँ पुगे। प्रहरीले खोजतलास गरिरहेका छन्।

">