गण्डकी प्रदेशका सबै जिल्लामा कार्यालय स्थापना गर्ने प्रदेश सरकारको निर्णय बमोजिम तनहुँमा पूर्वाधार विकास कार्यालय स्थापना भएको हो ।
जिल्लामा पूर्वाधार विकास कार्यालय नहुँदा सेवाग्राहीलाई नवलपुर जानुपर्ने बाध्यता अब हटेको छ। पूर्वाधार विकास कार्यालयले प्रदेश सरकार अन्तर्गतका सडक, मोटरेवल तथा झोलुङ्गे पुल, भवन निर्माण गर्छ ।
कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले पूर्वाधार विकास कार्यालयको स्थापना गरी काम शुरू गरिएको जानकारी दिए। कार्यालयमा २५ जनाको दरवन्दी कायम भएको छ।
कार्यालयको मातहत नै आजदेखि डुम्रेमा रहेको यातायात व्यवस्था शाखाको कार्यालय पनि शुरु भएको छ । सो कार्यालयबाट तनहुँसहित गोरखा र लमजुङका सेवाग्राहीले सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्दै आएका छन्।
तर अब गोरखा र लमजुङमा पनि यातायात व्यवस्था शाखा स्थापना हुने भएपछि डुम्रेको कार्यालय दमौली स्थानान्तरण गरिनेछ। रासस
" /> गण्डकी प्रदेशका सबै जिल्लामा कार्यालय स्थापना गर्ने प्रदेश सरकारको निर्णय बमोजिम तनहुँमा पूर्वाधार विकास कार्यालय स्थापना भएको हो ।जिल्लामा पूर्वाधार विकास कार्यालय नहुँदा सेवाग्राहीलाई नवलपुर जानुपर्ने बाध्यता अब हटेको छ। पूर्वाधार विकास कार्यालयले प्रदेश सरकार अन्तर्गतका सडक, मोटरेवल तथा झोलुङ्गे पुल, भवन निर्माण गर्छ ।

">