काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषधाज्ञा एक साता थप गरिएको छ। उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निकायकाे आज बसेको बैठकपछि भदौ १७ गते राति १२ बजेसम्म लागू हुनेगरी निषेधाज्ञा थपिएको हो।
यसअघि भदौ ३ गते राति १२ बजेदेखि आज राति १२ बजेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको थियो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अबको निषधाज्ञाको क्रममा थप कडाई हुने बताए। “यसअघि भन्दा कडा गर्छौं। निषेधाज्ञाको अवधिमा पनि मानिसहरू बाहिर हिँडडुल गरेको देखियो। अब थप कडाई हुन्छ। केही समयमा सूचना जारी गरेर के गर्न नपाउने भन्ने थाहा हुन्छ”, प्रजिअ दाहालले भने।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका प्रमुख र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफल गरेका थिए। छलफलका क्रममा निषेधाज्ञा थप गर्न सुझाइएको थियो।
उपत्यकामा कोरोना महामारीको संक्रमणदर बढ्दो अवस्थामा रहेकाले निषेधाज्ञा थप गरिएको प्रजिअ दाहालले बताए। यसअघि सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि भदौ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
यसअघिको निषेधाज्ञा अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन रोक लगाइएको थियो। अब त्यसमा पनि कडाई हुने प्रजिअ दाहालको भनाइ छ। बिहान सवा ९ बजेसम्म तरकारी, खाद्यान्न लगायतका पसल खोल्न दिइएको थियो भने अत्यावश्यक सेवा प्रवाहमा भने कुनै रोकावट थिएन।
" /> काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषधाज्ञा एक साता थप गरिएको छ। उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निकायकाे आज बसेको बैठकपछि भदौ १७ गते राति १२ बजेसम्म लागू हुनेगरी निषेधाज्ञा थपिएको हो।यसअघि भदौ ३ गते राति १२ बजेदेखि आज राति १२ बजेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको थियो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अबको निषधाज्ञाको क्रममा थप कडाई हुने बताए। “यसअघि भन्दा कडा गर्छौं। निषेधाज्ञाको अवधिमा पनि मानिसहरू बाहिर हिँडडुल गरेको देखियो। अब थप कडाई हुन्छ। केही समयमा सूचना जारी गरेर के गर्न नपाउने भन्ने थाहा हुन्छ”, प्रजिअ दाहालले भने।

">