सुर्खेत। यही भदौ १ गतेदेखि गरिएको निषेधाज्ञाले वीरेन्द्रनगर बजारलगायत आसपासका क्षेत्र सुनसान बनेको छ। वीरेन्द्रनगर बजार पूर्णरूपमा ठप्प छ। कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै नगरपालिकामा निषेधाज्ञा घोषणा गरिएको हो। निषेधाज्ञा घोषणापछि भीडभाड हुने स्थान र मुख्य चोकमा प्रहरी परिचालन गरिएको छ।
प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा गत मङ्गलबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गते सोमबारदेखि भदौ ५ गते शुक्रबारसम्म नगरपालिका क्षेत्रभर निषेधाज्ञा लगाउने निर्णय गरेको थियो। सङ्क्रमणको दर बढ्दै गएका कारण चार दिन निषेधाज्ञा थप गरिएको छ।
प्रशासनले अत्यावश्यकीय क्षेत्रहरू मेडिकल, दूध, ग्यास र तरकारी पसलबाहेक अन्य सबै क्षेत्रहरू बन्द गर्न निर्देशन दिएको छ। वीरेन्द्रनगरमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा नै अन्तिम विकल्प देखेको हो। हिन्दू महिलाको चाड हरितालिका तीज पनि यही बेला भएकाले बढी भीडभाड हुनसक्ने र कोरोनाको जोखिम थप हुने भएकाले निषेधाज्ञा लगाउन आवश्यक ठानिएको हो। त्यसयता पनि सङ्क्रमण बढ्नसक्ने भएकाले अरु चार दिन थप गरिएको हो।
निषेधाज्ञाको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललगायतको टोली वीरेन्द्रनगरका विभिन्न स्थानमा खटिएको थियो। सहायक प्रजिअ पौडेलले निषेधाज्ञालाई जनस्तरबाट पूर्णरूपमा सहयोग भएको बताए। सामान्य केही छिटफुट मानिस हिँडिरहे पनि उनीहरूलाई सम्झाइबुझाई गरिएको पौडेलले बताए। रासस
" /> सुर्खेत। यही भदौ १ गतेदेखि गरिएको निषेधाज्ञाले वीरेन्द्रनगर बजारलगायत आसपासका क्षेत्र सुनसान बनेको छ। वीरेन्द्रनगर बजार पूर्णरूपमा ठप्प छ। कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै नगरपालिकामा निषेधाज्ञा घोषणा गरिएको हो। निषेधाज्ञा घोषणापछि भीडभाड हुने स्थान र मुख्य चोकमा प्रहरी परिचालन गरिएको छ।प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा गत मङ्गलबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गते सोमबारदेखि भदौ ५ गते शुक्रबारसम्म नगरपालिका क्षेत्रभर निषेधाज्ञा लगाउने निर्णय गरेको थियो। सङ्क्रमणको दर बढ्दै गएका कारण चार दिन निषेधाज्ञा थप गरिएको छ।

">