परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकमा सापकोटा
काठमाडौं। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकमा रुपक सापकोटा नियुक्त भएका छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सापकोटालाई उप–कार्यकारी निर्देशक नियुक्त गरेका हुन्।

सापकोटाले चीनको बेइजिङस्थित रनमिन विश्वविद्यालयवाट  ‘चीन–भारत–नेपाल त्रिदेशीय सम्बन्ध’ मा विद्यावारिधी गरेका छन्।

सापकाेटाले नेपालले परराष्ट्र मामिला र राष्टिय सुरक्षाबारे तय गर्नुपर्ने दीर्घकालीन रणनीतिबारे गहिराे अनुसन्धान गरी  नीतिगत सिफारिस गर्ने काममा लाग्रे देखापढीलाई बताए।

यसकाे महत्व बुझेर सरकारले ती मुद्दामा नीतिगत सल्लाह दिनसक्ने थिङ्क ट्याङ्क बनाउन खाेजेकाे बताउँदै सापकाेटाले त्यसमा आफूले याेगदान गर्ने बताए।

आगामी मार्च महिनामा नेपालले सगरमाथा संवाद आयाेजना गर्न लागेकाे छ। प्रतिष्ठानलाई याे कार्यक्रमका लागि सचिवालयकाे समेत काम गर्ने जिम्मेवारी ताेकिएकाे छ। त्यसलाई सफल पार्न लागिपर्ने बताउँदै उनले जलवायु परिवर्तन, भूपरिवेष्ठित मुलुककाे अधिकार, शक्तिराष्ट्रहरुबाट कसरी तुलनात्मक लाभ लिने भन्ने जस्ता विषयमा अनुसन्धान गर्ने याेजना सुनाए।

दुई वर्षका लागि  प्रतिष्ठानको उप–कार्यकारी निर्देशक नियुक्त भएका सापकोटाले नेपालकाे परराष्ट्र मामिला र अन्तर्राष्ट्रिय सम्बन्धबारे निरन्तर कलम चलाउँदै आएका छन्। त्रिभुवन विश्वविद्यालयमा परराष्ट्र सम्बन्ध अध्यापन गराउने सापकोटाको चिनियाँ भाषामा पनि पकड छ।

प्रतिक्रिया दिनुहोस्