वीरगञ्ज। पर्सामा गाँजा र चरेशसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
पर्सा पटेर्वासुगौली गाउँपालिका-५ मनिअर्वा स्कूल सडकमा गस्तीमा खटिएको प्रहरी टोलीले बीआर २२ एजी ७३७२ नम्बरको भारतीय मोटरसाइकलमा सवार ४५ वर्षीय रामचन्द्र थारु र ५० वर्षीय जनार्द्धन ओझइया थारुलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट साढे चार केजी चरेश र ५०० ग्राम गाँजाको धुलो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीका अनुसार दुवैजनालाई हिरासतमा राखेर थप अनुसन्धान शुरू गरिएको छ।
" /> वीरगञ्ज। पर्सामा गाँजा र चरेशसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।पर्सा पटेर्वासुगौली गाउँपालिका-५ मनिअर्वा स्कूल सडकमा गस्तीमा खटिएको प्रहरी टोलीले बीआर २२ एजी ७३७२ नम्बरको भारतीय मोटरसाइकलमा सवार ४५ वर्षीय रामचन्द्र थारु र ५० वर्षीय जनार्द्धन ओझइया थारुलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट साढे चार केजी चरेश र ५०० ग्राम गाँजाको धुलो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीका अनुसार दुवैजनालाई हिरासतमा राखेर थप अनुसन्धान शुरू गरिएको छ।
">