काठमाडौं। देशभरको मौसममा सामान्य बदली रही अहिले थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आगामी २४ घण्टा प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको अनुमान गरिएको छ।
उक्त स्थानहरू आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
हाल नेपालको मौसममा बंगालको खाडीबाट निस्किएको जलवाष्फयुक्त हावाको प्रभाव रहेको विभागले जनाएको छ।
" /> काठमाडौं। देशभरको मौसममा सामान्य बदली रही अहिले थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।आगामी २४ घण्टा प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको अनुमान गरिएको छ।

">