सोलुखुम्बु। राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सोलुखुम्बुबाट दुई सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको छ।
बेहोशावस्थामा रहेका सोलुदूधकुण्ड नगरपालिका- ७ गार्माकी २० वर्षीया गर्भवती विनिता लामिछाने र शिशुको अवस्था नाजुक भएकी माप्यदूधकोशी गाउँपलिका वाकुकी २३ वर्षीया जेनिसा मगरलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पुर्याइएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ।
उनीहरूको अहिले प्रसूतिगृह थापाथलीमा उपचार भइरहेको छ। अस्पतालका निमित्त प्रमुख शानी शेर्पाका अनुसार ३३ हप्ताकी गर्भवती लामिछाने रक्तश्रावका कारण बेहोश भएकाले थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको हो।
सामान्यतया ४० हप्तामा शिशु जन्मने भए पनि ३३ हप्ताको अवधिमै आमामा यस्तो समस्या देखिएपछि रेफर गरिएको उनको भनाइ छ। उपचारमा संलग्न चिकित्सकका अनुसार यस्तो अवस्थामा आमाको ज्यान बचाउन १२ घण्टाभित्र शिशु निकाल्नुपर्ने हुन्छ। वाकुकी मगरको शिशुलाई श्वासप्रश्वासमा समस्या आएपछि रेफर गरिएको अस्पतालले जनाएको छ।
फाप्लु अस्पतालमा सामान्य प्रक्रियाबाटै हिजो अपराह्न प्रसूति गराइए पनि शिशुको अवस्था जटिल बन्दै गएपछि काठमाडौं पठाइएको निमित्त प्रमुख शेर्पाले बताए। दुवै महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत फाप्लुबाट एकै पटक उद्धार गरिएको हो।
यही भदौ १ गते मात्रै दुई सुत्केरीको एकै दिन हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो। सोलुखुम्बुमा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागु भएपछि ११ गर्भवती तथा सुत्केरीको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ। रासस
" /> सोलुखुम्बु। राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सोलुखुम्बुबाट दुई सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको छ।बेहोशावस्थामा रहेका सोलुदूधकुण्ड नगरपालिका- ७ गार्माकी २० वर्षीया गर्भवती विनिता लामिछाने र शिशुको अवस्था नाजुक भएकी माप्यदूधकोशी गाउँपलिका वाकुकी २३ वर्षीया जेनिसा मगरलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पुर्याइएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ।

">