काठमाडौं। काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक निर्माण आयोजनाको सुुपरिवेक्षणका लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनाैट गर्दा मूल्यांकन मापदण्डको ड्राफ्ट चुहावट भएको नेपाली सेनाको छानबिनबाट देखिएको छ।
मूल्यांकन मापदण्डको ड्राफ्ट चुहावट भएकोबारे छानबिन गर्न गठित कोर्ट अफ इन्क्वायरी बोर्डले चुहावट भएको ठहर गरेको हो।
बोर्डको सिफारिसमा सैनिक सचिव विभागले द्रुतमार्गका पूर्वप्रमुखलाई सचेत गराएको नेपली सेनाले जनाएको छ।
आयोजनाका तत्कालीन प्रमुखसहित प्राविधिक मूल्यांकन बोर्डका सदस्यलाई सैनिक सचिव विभागबाट सचेत गराइएको नेपाली सेनाले विज्ञप्ति जारी गरी जनाएको छ।
आयोजनामा विज्ञको रूपमा कार्यरत गैर-सैनिक व्यक्तिलाई पनि आयोजना प्रमुखबाट सजग गराइएको सेनाले जनाएको छ।
" /> काठमाडौं। काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक निर्माण आयोजनाको सुुपरिवेक्षणका लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनाैट गर्दा मूल्यांकन मापदण्डको ड्राफ्ट चुहावट भएको नेपाली सेनाको छानबिनबाट देखिएको छ।मूल्यांकन मापदण्डको ड्राफ्ट चुहावट भएकोबारे छानबिन गर्न गठित कोर्ट अफ इन्क्वायरी बोर्डले चुहावट भएको ठहर गरेको हो।

">