कोरोनाका कारण नर्वेमा पनि आर्थिक मन्दी
एजेन्सी। कोरोना भाइरसको महामारीका कारण आर्थिक मन्दीको सामना गर्ने देशहरुको सूचीमा नर्वेको नाम पनि थपिएको छ।

सरकारी तथ्याङ्कअनुसार दोस्रो त्रैमासिक पनि निराशाजनक नर्वेको जिडिपीमा व्यापक गिरावट आएको छ।

अप्रिलदेखि जुनसम्मको आर्थिक तथ्यांकअनुसार नर्वेको अर्थव्यवस्थामा ६.३ प्रतिसतले गिरावट आएको छ। जुन नर्वेको अहिलेसम्मकै इतिहासको सबभन्दा खराब अवस्था हो।

“दोस्रो त्रैमासिकमा आएको गिरावट नर्वेको अर्थव्यवस्थामा अहिलेसम्मकै सबैभन्दा धेरै हो,” राष्ट्रिय तथ्यांक कार्यालयको विज्ञप्तिमा भनिएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यति धेरै गिरावट आउनाका बावजुद नर्वेको आर्थिक अवस्था युरोपका अन्य थुप्रै देशभन्दा राम्रो छ। युरोपका कतिपय देशमा दोस्रो त्रैमासिकमा १२.१ प्रतिसतसम्मको गिरावट आएको छ।

छिमेकी स्विडेनको तुलनामा पनि नर्वेको आर्थिक अवस्था राम्रो छ। स्विडेनमा ८.६ प्रतिसतले जिडिपीमा गिरावट आएको छ।

प्रतिक्रिया दिनुहोस्