काठमाडौं। “जो बाइडन र डेमोक्रेट्सहरू अहिले पनि अमेरिका फर्स्ट (सबभन्दा पहिला अमेरिकीको हित) नीतिको विरोध गर्छन्। डोनाल्ड ट्रम्प अमेरिकालाई सबभन्दा पहिलो प्राथमिकतामा राख्छन्। उनलाई अर्को चार वर्षका लागि राष्ट्रपति चुन्नुपर्छ।”
“डोनाल्ड ट्रम्पको नेतृत्वमा हामीले बाराक ओबामा र जो बाइडनले गर्न नसकेका काम गरेर देखाएका छौं। हामी अमेरिकाको पक्षमा उभिएका छौं... हामी हाम्रा दुश्मनको विरूद्ध उभिएका छौं।”
“अमेरिका रंगभेदी देश होइन। यो मेरो व्यक्तिगत अनुभव हो। म प्रवासी भारतीयहरूकी स्वाभिमानी छोरी हुँ। मेरा मातापिता अमेरिका आए र यहाँको सानो दक्षिणी सहरमा बस्न थाले। साउथ क्यारोलिनाका मानिसहरूले मलाई पहिलो अल्पसंख्यक र महिला गभर्नर बनाए।”
अमेरिकी रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा रिपब्लिकन नेता निकी हेलीले यस्तै भनेर राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन गरेकी थिइन्।
सोमबारको कार्यक्रममा साढे ९ मिनेटको भाषणमा हेलीले घरेलु तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार जो बाइडनको कडा शब्दमा आलोचना गर्दै डोनाल्ड ट्रम्पको नीतिको प्रशंसा गरिन्।
१९८४ को संयुक्त राष्ट्रसंघ बैठकमा अमेरिकी राजदूत जिन कर्क प्याट्रिकले बोलेका शब्द दोहोर्याउँदै उनले डेमोक्रेटिकहरू ‘त्यो बेलादेखि अहिलेसम्म अमेरिका फर्स्ट नीतिको विरोधमा रहेको’ बताइन्।
‘अमेरिका फर्स्ट’ नीतिअन्तर्गत राष्ट्रपति ट्रम्पले उत्तर कोरिया, इरान, इजरायल र चीन मामिलामा गरेका निर्णय तथा उपलब्धिहरूको तारिफ गरिन्।
“राष्ट्रपति ट्रम्पले शक्ति र सफलताको कीर्तिमान कायम गरेका छन्। पूर्व उप-राष्ट्रपति जो बाइडनले कमजोरी र असक्षमता देखाएका छन्। उनी इरान र आइएसआइएसका लागि राम्रा, कम्युनिष्ट चीनका लागि महान र अमेरिकालाई तल देखाउन तथा नोक्सान पुर्याउन खोज्नेका लागि भगवान सावित भए,” हेलीले आफ्नो मन्तव्यमा भनेकी थिइन्।
निकीका अनुसार डोनाल्ड ट्रम्पले उत्तर कोरियाको मामिलामा मजबुतिका साथ कडा प्रतिबन्ध लगाए। इरानसँगको परमाणु सम्झौता तोड्नुका साथै ट्रम्पले चीन मामिलामा पनि शसक्तरूपमा आफूलाई प्रस्तुत गरेको उनले बताइन्। आइएसआइएसमाथि ट्रम्पले जित हासिल तथा अमेरिकी अर्थव्यवस्थालाई माथि उचाल्न पनि सफल भएको दाबी गरिन्। यी सब मामिलामा जो बाइडन भने असफल रहेको उनको टिप्पणी थियो।
संख्यामा कम भए पनि राजनीतिमा भारतीय मूलका नागरिकहरूको बढ्दो प्रभावका कारण पनि दुवै पार्टीले भारतीय मूलका महिलालाई देखाउने अनुहारका रूपमा प्रस्तुत गरेका हुन्। डेमोक्रेटिकले कमला ह्यारिसलाई उप-राष्ट्रपतिको उम्मेदवार बनाउनुको कारण पनि यही माानिएको छ।
निकी हेलीको महत्व किन छ ?
भारतीय मूलकी अमेरिकी नागरिक निकी हेलीलाई राष्ट्रपति र उप-राष्ट्रपति पदको उम्मेदवार बनाइने भनेर बारम्बार चर्चा हुँदै आएको छ। तर, तत्काल उनी कुनै पनि पदमा उम्मेदवार होइनन्।
चुनावमा प्रत्यक्ष भूमिकामा नभए पनि चुनावी सरगर्मीमा उनले निक्कै महत्व पाइरहेकी छन्। पार्टीले उनलाई महत्वपूर्ण अनुहारका रूपमा प्रस्तुत गरिरहेको छ।
डेमोक्रेटिक पार्टीबाट उप-राष्ट्रपति पदको उम्मेदवार कमला ह्यारिस हुनुलाई रिपब्लिकनको चुनावी अभियानमा निकी हेलीले महत्व पाउनुको कारण मानिएको छ।
अमेरिकामा करिब ४० लाख ५० हजार भारतीय मूलका नागरिक रहेको तथ्यांक छ। संख्यामा कम भए पनि राजनीतिमा भारतीय मूलका नागरिकहरूको बढ्दो प्रभावका कारण पनि दुवै पार्टीले भारतीय मूलका महिलालाई देखाउने अनुहारका रूपमा प्रस्तुत गरेका हुन्। डेमोक्रेटिकले कमला ह्यारिसलाई उप-राष्ट्रपतिको उम्मेदवार बनाउनुको कारण पनि यही माानिएको छ।
जो बाइडनको चुनावी अभियानअनुसार अमेरिकामा झण्डै १३ लाख १० हजार भारतीय अमेरिकी मतदाताहरूले आठवटा चुनाव क्षेत्रमा निर्णायक भूमिका निर्वाह गर्न सक्छन्।
ट्रम्पको चुनावी अभियानमा सक्रिय भूमिका निर्वाह गरिरहेको इन्डियन अमेरिकन फाइनान्स कमिटीको आकलन चाहिँ यस्तो छ, “भारतीय अमेरिकी मतदातामध्ये करिब आधा भोट बाइडनको सट्टा ट्रम्पको पक्षमा जान सक्छ।”
रिपब्लिकन पार्टीले उप-राष्ट्रपति पदमा फेरि पनि माइक पेसलाई उम्मेदवार बनाएको छ। भारतीय अमेरिकीको मत तान्ने सवालमा उनी कमला ह्यारिसभन्दा धेरै पछि पर्न सक्छन्। त्यही कारण रिपब्लिकनका लागि हेली एक जबर्जस्त विकल्पका रूपमा अगाडि आएकी छन्।
पार्टीको राष्ट्रिय सम्मेलनमा हेलीले राखेको मन्तव्यबाट पनि यसको संकेत प्रष्टरूपमा सार्वजनिक भएको छ।
“अमेरिका रंगभेदी छ भन्नु डेमोक्रेटिक पार्टीमा फेसन बनिसकेको छ। यो सरासर झुठो आरोप हो। अमेरिका रंगभेदी देश हाेइन। मेरो व्यक्तिगत अनुभव पनि उनीहरूको आरोपजस्तो छैन। म भारतीय प्रवासीहरूकी स्वाभिमानी छोरी हुँ। मेरा पिता पगडी लगाउनुहुन्थ्यो। मेरी आमा सारी लगाउनुहुन्थ्यो। काला र गोरा मानिसहरूको बीच म खैरो रंगकी केटी थिएँ,” राष्ट्रिय सम्मेलनमा हेलीले भनेकी थिइन्, “हामीले भेदभाव र कठिनाइको सामना गर्यौं। तर मेरा आमाबाबुले कहिल्यै गुनासो वा घृणा गर्नुभएन। मेरी आमा व्यापारमा सफल हुनुभयो। मेरा पिताले पनि ३० वर्षसम्म कलेजमा पढाउनुभयो। साउथ केरोलिनाका मानिसहरूले मलाई पहिलो अल्पसंख्यक र महिला गभर्नर बनाए।”
हेलीले आफ्नो व्यक्तिगत अनुभवमार्फत भारतीय अमेरिकीको पहिचान उकास्ने प्रयास गरेकी थिइन्।
निकी अर्थात् निम्रत रंधावा
४८ वर्षे निकी हेली अमेकिरी राजनीतिमा लामो समयदेखि निक्कै चर्चित थिइन्। ट्रम्प प्रशासनमा क्याबिनेटसम्म पुग्ने पहिलो भारतीय मूलकी महिला हुन्।
भारतको पञ्जाव राज्यबाट अमेरिका बसाइँ सरेका अजितसिंह रंधावा र राज कौर रंधावाकी छोरी निकी हेलीको जन्म १९७२ जनवरी २० मा साउथ क्यारोलिनाको बेम्बर्गमा भएको थियो। उनको पूरा नाम निम्रत निक्की रंधावा हेली हो।
राष्ट्रपति ट्रम्पले शक्ति र सफलताको कीर्तिमान कायम गरेका छन्। पूर्व उप-राष्ट्रपति जो बाइडनले कमजोरी र असक्षमता देखाएका छन्।
निकीले १९९६ मा माइकल हेलीसँग विवाह गरेकी थिइन्। माइकल पछि सैन्य सेवामा भर्ती भएका थिए। उनीहरूका दुई सन्तान छन्।
एकाउन्टमा स्नातक हेली सुरूदेखि नै आफ्ना पारिवारिक कम्पनीमा लेखापालको काम गर्थिन्। उनले लामो समयसम्म आमाको कम्पनी ‘एक्जोटिका इन्टरनेसनल’मा काम गरेकी थिइन्।
हेली २००४ मा महिला व्यापारीहरूको राष्ट्रिय संगठन नेशनल एसोसिएसन अफ वुमन बिजनेस ओनर्सको अध्यक्ष भएकी थिइन्। यसका साथै उनले कारोबार तथा महिलासँग जोडिएका अन्य संस्थाहरूमा पनि काम गरेकी थिइन्।
आफूले क्रिस्टियन धर्म अपनाए पनि आमाबाबुको आस्थाको सम्मानस्परूप उनी सिख धर्मसँग जोडिएका कृयाकलापमा पनि सक्रिय हुने गरेकी छन्।
राजनीतिक यात्रा
निकी हेली सानै उमेरदेखि राजनीतिमा लागेकी थिइन्। २००४ मा उनी साउथ क्यारोलिना राज्यबाट अमेरिकी संसदमा पुगेकी थिइन्।
२०१० मा उनले अल्पसंख्यक समूदायबाट पहिलो गभर्नर, पहिलो महिला गभर्नर तथा अमेरिकाको सबभन्दा कम उमेरको गभर्नर बन्ने कीर्तिमान बनाएकी थिइन्। २०१४ मा फेरी एकपटक साउ क्यारोलिनाको गभर्नर बन्न सफल हेली २०१७ सम्म उक्त पदमा कायम थिइन्।
रिपब्लिकन पार्टीमा २०१६ देखि उनको प्रभाव बढ्न थाल्यो। त्यतिबेला उनलाई पूर्व राष्ट्रपति बाराक ओबामाको स्टेट अफ दी युनियन एड्रेसमाथि प्रतिक्रिया दिनका लागि चुनिएको थियो। उनी करमा कटौती, गर्भपतनमाथि प्रतिबन्ध तथा आप्रवासीसम्बन्धी कानुनलाई प्रभावकारी तरिकाले लागू गर्नुपर्ने विषयको पक्षमा छिन्।
हेलीले २०१७ डिसेम्बरदेखि २०१८ सम्म ट्रम्प प्रशासनका तर्फबाट संयुक्त राष्ट्रसंघमा अमेरिकी राजदूतको भूमिकामा काम गरेकी थिइन्। उक्त पदबाट राजीनामा दिनुअघि उनी विवादमा फसेकी थिइन्।

ह्वाइट हाउसका एक वरिष्ठ सल्लाहकारले रूसको मामिलामा दिएको प्रतिक्रियाका कारण विवादमा आएकी थिइन्। त्यसपछि उनी आफैंले पनि एक विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।
डोनाल्ड ट्रम्प राष्ट्रपति हुनु अघिसम्म हेली उनको आलोचक थिइन्। त्यसका बावजुद उनलाई महत्वपूर्ण पद दिइएको थियो र ट्रम्प प्रशासनसँग हेलीको निकट सम्बन्ध कायम रहिरह्यो।
“निकी हेली मेरा लागि एकदमै महत्वपूर्ण सावित भएकी छन्। उनले शानदार काम गरेकी छन्,” डोनाल्ड ट्रम्पले एकपटक भनेका थिए।
राष्ट्रपति पदका लागि हुने अर्को चुनावमा रिपब्लिकन पार्टीले हेलीलाई सर्वोच्च पदको उम्मेदवार बनाउने चर्चा पनि अहिले शिखरमा छ।
यसअघि २०१८ मा पनि उनी राष्ट्रपति पदको उम्मेदवार बन्ने चर्चा चलेको थियो। तर त्यतिबेला हेलीले चुनाव लड्न अस्वीकार गरेकी थिइन्। उनले त्यतिबेलै २०२० मा राष्ट्रपति पदको उम्मेदवार नबन्ने प्रष्ट पार्दै ट्रम्पकै पक्षमा प्रचार गर्ने बताएकी थिइन्।
निकी हेलीले अहिले ट्रम्पका लागि प्रचार गरिरहेकी पनि छन्। तर, उनले भारतीय मूलका अमेरिकी मतदातालाई ट्रम्पको पक्षमा ढाल्न सफलता हासिल गर्छिन् त ? चुनावको नतिजाले मात्र यसको उत्तर दिन सक्छ। (बीबीसी)
" /> काठमाडौं। “जो बाइडन र डेमोक्रेट्सहरू अहिले पनि अमेरिका फर्स्ट (सबभन्दा पहिला अमेरिकीको हित) नीतिको विरोध गर्छन्। डोनाल्ड ट्रम्प अमेरिकालाई सबभन्दा पहिलो प्राथमिकतामा राख्छन्। उनलाई अर्को चार वर्षका लागि राष्ट्रपति चुन्नुपर्छ।”“डोनाल्ड ट्रम्पको नेतृत्वमा हामीले बाराक ओबामा र जो बाइडनले गर्न नसकेका काम गरेर देखाएका छौं। हामी अमेरिकाको पक्षमा उभिएका छौं... हामी हाम्रा दुश्मनको विरूद्ध उभिएका छौं।”

">